नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ « Khabarhub

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान र राष्ट्रिय अस्तित्व संकटमा परेको बताएका छन्।

मंगलवार काठमाडौँमा आयोजित कार्यक्रममा उनले नेपालमा विस्तार भइरहेको नवउदारवादी आर्थिक प्रणालीले नेपालको अस्तित्व र पहिचान संकटमा परेको बताएका हुन्।

उनले हाल नेपालको राष्ट्रिय पहिचान, भाषा, संस्कृति, सभ्यता र अर्थतन्त्र संकटमा परेको बताए। नेपालको राष्ट्रिय अस्मिता र स्वाधीनताको रक्षा गर्न समाजवादी आन्दोलनको तयारी गर्नुपर्नेमा उनले जोड दिए। मुलुकमा भइरहेको प्रतिक्रान्तिको प्रतिरोध नगरे नेपालको पहिचान र अस्मिता समाप्त हुने खतरा रहेको उनको दाबी छ।

उनले नेपालको वर्तमान अवस्थालाई ‘नवऔपनिवेशिकता’ सँग जोड्दै विश्वव्यापी रूपमा पश्चिमा एकध्रुवीय साम्राज्यवादी प्रभुत्व विस्तार भइरहेको टिप्पणी गरे। यस्तो परिस्थितिमा राष्ट्रिय स्वाधीनतासहितको समाजवादी आन्दोलन आवश्यक रहेको उनको भनाइ छ। उनले राष्ट्रिय स्वाधीनताको मुद्दामा सम्पूर्ण कम्युनिस्ट, देशभक्त, लोकतन्त्रप्रेमी शक्ति र नेपाली जनतालाई एकजुट हुनुपर्नेमा जोड दिए।

सबै एकजुट भएर राष्ट्रिय पहिचान र अस्तित्वको रक्षाका लागि बृहत्तर ‘राष्ट्र बचाउ अभियान’ सञ्चालन गर्नुपर्ने उनको भनाइ छ। उनले दलित, महिला, जनजाति, मुस्लिम र मधेशीलगायत उत्पीडित समुदायको पहिचानको मुद्दालाई राष्ट्रिय मुक्ति आन्दोलनसँग जोडेर अघि बढाउनुपर्ने बताए।

गुरुङले भने, ‘नवउदारवादी प्रणालीले नेपालको पहिचान, भाषा, अर्थतन्त्र, राष्ट्रियता‚ सभ्यता, संस्कृति सबै हराउँदै लग्यो। अहिले नेपालमा एक प्रकारको प्रतिक्रान्ति भइसकेको अवस्था छ। आफ्नो पहिचान, सभ्यता, इतिहास, अस्तित्व सबै कोल्याप्स हुँदै जाने प्रक्रियामा छ, त्यसको प्रतिरोध नगर्ने हो भने नेपालको अस्मिता र पहिचान समाप्त हुन्छ।’

उनले आन्तरिक राजनीतिक शक्तिबीचको द्वन्द्व र विभाजनले बाह्य शक्तिको प्रभाव विस्तार गर्ने बताए। राष्ट्रिय अस्मिताको रक्षाका लागि साझा राजनीतिक समझदारी र एकता आवश्यक रहेको उनको भनाइ छ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ९ : ५१ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।