पूर्वाधारसँग सम्बन्धित मन्त्रालयलाई धराशायी बनाउँदै सरकार « Khabarhub

पूर्वाधारसँग सम्बन्धित मन्त्रालयलाई धराशायी बनाउँदै सरकार


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको कारोबार दैनिकले पूर्वाधार मन्त्रालयहरुलाई सरकारबाटै धराशायी बनाउने काम भएको समाचार छापेको छ ।

सरकारले पूर्वाधारसँग सम्बन्धित मन्त्रालयहरुको जिम्मेवारीमा गम्भीर असर पर्ने गरी सार्वजनिक–निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अघि बढाएको कारोबारको समाचारमा उल्लेख छ ।

कारोबार लेख्छ– लगानी बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीकै इच्छामा बोर्डबाट पारित गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले संसद् सचिवालयमा दर्ता गरेको विधेयक पारित भएमा अधिकांश पूर्वाधार मन्त्रालयहरुको धराशी बन्ने छ ।

विधेयकमा जलविद्युत बाहेकका ६ अर्ब रुपैयाँभन्दा कम र जलविद्युतमा २ सय मेगावाट कम क्षमताका आयोजना मात्र सम्बन्धित मन्त्रालयहरुको लगानी गर्ने र त्योभन्दा बढी क्षमताका सबै परियोजनाहरु लगानी बोर्डबाट गर्ने उल्लेख छ ।

कुनै निकायले पहिचान गरी सूची स्वीकृत गरेको परियोजनाहरुको हकमा सम्बन्धित निकाय र बोर्डबीचको आपसी समझदारी वार सम्झौताबाट कार्यान्वयन गर्न सकिने विधेयकमा उल्लेख छ ।

विज्ञहरुका अनुसार यो विधेयक पारित भएपछि उर्जा, सिँचाइ तथा जलस्रोत, पर्यटन, भौतिक पूर्वाधार, सूचना तथा सञ्चार, खानेपानी तथा सरफाई मन्त्रालयलगायत सबै मन्त्रालयहरुको अधिकार घटेर जिम्मेवारविहीन अवस्थामा पुग्नेछन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ७ : ११ बजे

विद्यार्थीलाई न्यानो कपडा वितरण

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुडेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयका

परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता 

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रको

राहुघाट जलविद्युत आयोजना निर्माणको १६ वर्षे यात्रा : असफल ठेक्कादेखि परीक्षण उत्पादनसम्म

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ