जेसीबीले किचेर १९ वर्षीय किशोरको मृत्यु, चालक फरार « Khabarhub

जेसीबीले किचेर १९ वर्षीय किशोरको मृत्यु, चालक फरार


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– जेसीबीले किच्दा बैतडीमा शनिबार बेलुका एकको मृत्यु भएको छ । मृत्यु हुने पाटन नगरपालिका–२ का १९ वर्षीय पूर्णानन्द पाण्डेय रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए ।

शनिबार बेलुका ५ बजेतिर क्याम्पस लाइनमा बाटोमा पैदल हिँडिरहेका पाण्डेयलाई विमानस्थलतर्फ गइरहेको जेसीबीले किच्दा उनको घटनास्थलमै मृत्यु भएका हो । पाण्डेयको शव परीक्षण लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

मृतक पाण्डेय पाटनस्थित भीमदत्त पोलिटेक्निल इन्स्टिच्युटमा आइएसी एजीमा अध्ययनरत रहेका थिए ।

ठक्कर दिने जेसीबीका चालक रतन बुढा फरार रहेका छन् । फरार चालकको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  १० : ०७ बजे

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

काठमाडौँ – भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा

काराबाओ कप : दुई गोल गर्दै सिटीका साम्बाले ताने सबैको ध्यान

लन्डन – म्यानचेस्टर सिटीका १७ वर्षीय युवा फरवार्ड फ्लोयड साम्बाले

भोटेकोशी बाढी: बेपत्ता फर्किने आस मरेपछि कुशको शव बनाएर अन्त्येष्टि

कास्की – भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि