जेसीबीले किचेर १९ वर्षीय किशोरको मृत्यु, चालक फरार | Khabarhub Khabarhub

जेसीबीले किचेर १९ वर्षीय किशोरको मृत्यु, चालक फरार


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– जेसीबीले किच्दा बैतडीमा शनिबार बेलुका एकको मृत्यु भएको छ । मृत्यु हुने पाटन नगरपालिका–२ का १९ वर्षीय पूर्णानन्द पाण्डेय रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए ।

शनिबार बेलुका ५ बजेतिर क्याम्पस लाइनमा बाटोमा पैदल हिँडिरहेका पाण्डेयलाई विमानस्थलतर्फ गइरहेको जेसीबीले किच्दा उनको घटनास्थलमै मृत्यु भएका हो । पाण्डेयको शव परीक्षण लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

मृतक पाण्डेय पाटनस्थित भीमदत्त पोलिटेक्निल इन्स्टिच्युटमा आइएसी एजीमा अध्ययनरत रहेका थिए ।

ठक्कर दिने जेसीबीका चालक रतन बुढा फरार रहेका छन् । फरार चालकको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  १० : ०७ बजे

पुस ५ देखि १६ गतेसम्म लेखनाथ महोत्सव हुने

पोखरा– कास्कीको लेखनाथ उद्योग वाणिज्य संघले आगामी पुस ५ देखि

इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि म्यानचेस्टर युनाइटेडको जित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले चेल्सीमाथि जित हासिल

एनएसएल फुटबल : आज चितवन र बुटवल भिड्ने

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज एफसी चितवन र

अमेरिकी नागरिकको अनुभव : गाउँमा झाँक्रीसँग भेट भयो

काठमाडौं – आजभन्दा ४० वर्षअघि अमेरिकाबाट नेपाल आउँदा लिट टेजवेल

लोकमार्ग कालोपत्र भएपछि एक साताको यात्रा चार घण्टामा

बागलुङ– डेढ दशक अगाडि रोल्पा र रुकुम पूर्वको सिमानासँग जोडिएका