भोटेकोशी बाढी: बेपत्ता फर्किने आस मरेपछि कुशको शव बनाएर अन्त्येष्टि « Khabarhub

भोटेकोशी बाढी: बेपत्ता फर्किने आस मरेपछि कुशको शव बनाएर अन्त्येष्टि

तीन सातासम्म भेटिएनन् बेपत्ता


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि कुनै खबर नआएपछि पोखरा र लमजुङका पीडित परिवारले आफ्ना आफन्तको कुशको शव (प्रतिमा) बनाएर अन्तिम संस्कार गर्न थालेका छन्।

काठमाडौँ विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत पोखरा महानगरपालिका–५ प्रस्र्याङकी २२ वर्षीया सृष्टि बास्तोलाको बिहीबार पोखराको तुलसीघाटमा अन्त्येष्टि गरिएको छ। भदौ ९ गते दुई साथीसँग नुवाकोटस्थित अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा इन्टर्नसिपका लागि पुगेकी उनी भोलिपल्टको विनाशकारी बाढीपछि अज्ञात छिन्।

छोरीको खोजीमा बुबा माधव बास्तोला दुई पटकसम्म रसुवा र नुवाकोट पुगेका थिए। बाढीको विनाश देखेर फर्किएका परिवारले २२ दिनसम्म कुनै सूचना नपाएपछि अन्तिम संस्कार गर्ने निर्णय लिएका हुन्। पोखरा–१४ का वडाध्यक्ष विष्णुप्रसाद बरालका अनुसार होनहार प्राविधिक बन्ने सपना बोकेकी सृष्टिको असामयिक क्षतिले सिङ्गो बस्ती शोकमा छ।

त्यसैगरी टिमुरे भन्सार कार्यालयका चालक पोखरा–१४ का गोविन्दबहादुर अधिकारी क्षेत्रीको पनि परिवारले कुशको शव बनाएरै दाहसंस्कार गरिसकेको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार भोटेकोशी बाढीपछि पोखराका अझै १२ जना बेपत्ता छन्।

उता लमजुङको बेँसीसहर नगरपालिका–११ का ४५ वर्षीय झपटबहादुर घर्ती र उनकी ४३ वर्षीया श्रीमती राधिका घर्तीको पनि कुशको शव बनाएरै काजकिरिया सुरु गरिएको छ। माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत यो दम्पती भदौ १० देखिको बाढीपछि सम्पर्कविहीन थिए।

सोही आयोजनामा सबइन्जिनियरका रूपमा कार्यरत मस्र्याङ्दी गाउँपालिका–३ खुदीकी रमिला भण्डारीको पनि काजकिरिया सम्पन्न भइसकेको छ। जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार लमजुङका १० जना बेपत्ता भएकामा ३ जनाको पहिचानका लागि डिएनए परीक्षण गराइएको छ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  ६ : ३९ बजे

काराबाओ कप : दुई गोल गर्दै सिटीका साम्बाले ताने सबैको ध्यान

लन्डन – म्यानचेस्टर सिटीका १७ वर्षीय युवा फरवार्ड फ्लोयड साम्बाले

भोटेकोशी बाढी: बेपत्ता फर्किने आस मरेपछि कुशको शव बनाएर अन्त्येष्टि

कास्की – भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि

गणेशमानको २९औँ स्मृति दिवस : जसले राजाले गरेको प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरे

काठमाडौँ – विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर