सरकारले काम गरेन भन्दा कसैलाई फाइदा पुग्दैन– मन्त्री मगर « Khabarhub

सरकारले काम गरेन भन्दा कसैलाई फाइदा पुग्दैन– मन्त्री मगर


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– खानेपानी मन्त्री विना मगरले सबै नेपाली जनतालाई आधारभूत खानेपानीको सुविधा र पहुँच पु¥याउनु सरकारको प्रमुख दायित्व भएको बताएकी छिन् ।

पाल्पाको माथागढीमा अवस्थित फूलबारी एक्लेवर खानेपानी आयोजनाको उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले सबै जनताका लागि खानेपानीको पहुँच पुर्‍याउनु सरकारको प्रमुख दायित्व रहेको बताइन् ।

मन्त्री मगरले भनिन्– “हामीले खानेपानीको समस्या भोगिरहेका हरेक गाउँ बस्ती, टोल र शहर बजारमा खानेपानीको सहज आपूर्ति व्यवस्था मिलाउन नयाँ आयोजना सञ्चालन गर्ने तयारीमा छौं । शुद्ध खानेपानीको उपभोग गर्न पाउनु हरेक नागरिकको मौलिक अधिकार हो । यस कुरामा सरकार गम्भीर छ ।“

खानेपानी लगायत अन्य पूर्वाधारका योजनाहरु अघि बढाउन सरकार गम्भीर भएर लागिरहेको उनले बताइन् ।

मन्त्री मगरले भनिन् “ समृद्ध नेपाल र सुखी नेपालीको मर्म यो सरकारले बाहेक अरु कसैले बुझ्न् सकेको छैन । चुनौती थुप्रै छन् तर पनि सरकारले काम अघि बढाइरहेको छ । कामै भएन भनेर सरकार विरुद्ध गरिएको दुष्प्रचारले कसैलाई फाइदा गर्दैन ।“

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ११ : ४१ बजे

बंगलादेशमा बढ्दै हिन्दूविरुद्धको हिंसा, १८ दिनभित्र छैटौँको हत्या

ढाका– बंगलादेशमा एकपछि अर्का हिन्दू धर्मावलम्बीको श्रृंखलाबद्ध हत्याको क्रम रोकिएको

पोखरीमा डुबेर बालकको मृत्यु

सप्तरी‍– बलानविहुल गाउँपालिका-४ बस्ने मो.उमर फारूक मियाँको छोरा ३ वर्षीय मो.फैजानको सोही

स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

मोरङ– विराटनगर महानगरपालिका-१३ बाट स्रोत नखुलेको नगद ३ लाख ९९ हजार

राष्ट्रिय सभामा एमालेले कांग्रेससँग तालमेल गर्ने, सातवटा सिटमा दाबी

काठमाडौं- आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा नेकपा