१ सय ५७ जना सवार इथियोपियन एअरलाइन्सको विमान दुर्घटनाग्रस्त « Khabarhub

१ सय ५७ जना सवार इथियोपियन एअरलाइन्सको विमान दुर्घटनाग्रस्त


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इथियोपिया– १ सय ४९ जना यात्रु तथा ८ चालक दलका सदस्य गरी १ सय ५७ जना सवार इथियोपियन एअरलाइन्सको विमान दुर्घटनामा परेको छ ।

इथियोपियाको राजधानी आदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको फ्लाइट इटी ३०२ विमान आदिस अबाबाबाट ६२ किलोमिटर दक्षिणपूर्वमा रहेको बिसोफ्टु शहराजिक दुर्घटनाग्रस्त भएको अधिकारीले जनाएका छन् ।

स्थानीय समयअनुसार आइतबार बिहान ८ बजेर ३८ मिनेटमा नैरोबीका लागि उडेको विमान उडेको केही समयमा नै ८ बजेर ४४ मिनेटमा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा यात्रीहरुको हताहती भएको जनाइएपनि त्यसबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । इथियोपियाका प्रधानमन्त्री आबिये अहमद अलीले दुर्घटनामा मारिने तथा घाइते हुनेका परिवारप्रति समवेदना सन्देश जारी गरेका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  २ : ५४ बजे

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी