कोलम्बियामा विमान दुर्घटना, १४ जनाको मृत्यु « Khabarhub

कोलम्बियामा विमान दुर्घटना, १४ जनाको मृत्यु


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बिया– कोलम्बियामा भएको विमान दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । दक्षिणी शहर सान होजे डेल गुआभिरेबाट भियाभिकेनिको उडेको विमान डग्लस डीसी ३ विमान सान कार्लो डे गुआरोआ शहरनजिक दुर्घटनाग्रस्त भएको कोलम्बियाका नागरिक उड्ययन निकायले जनाएको छ ।

अधिकारीका अनुसार दुर्घटनाग्रस्त विमानमा सवार सबै १४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा भाउपेस प्रान्तको एउटा सानो शहरका मेयर पनि रहेका छन् । स्थानीय समयअनुसार शनिबार बिहान १० बजेर ४० मिनेटमा विमानले आपतकालीन सन्देश पठाएको जनाइएको छ ।

विमान दुर्घटना हुनुको कारणबारे स्पष्ट भइनसकेको अधिकारीले जनाएका छन् । विमान उडाउनुअघि जाँच गर्दा विमानको प्राविधिक पक्ष पनि ठिक रहेको तथा विमान चालकको स्वास्थ्य अवस्था पनि सामान्य नै रहेको विमान सेवा प्रदायक कम्पनी लेजर एरियो एअरलाइन्सले जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ३ : ११ बजे

तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता

एजेन्सी– चीन–नेपाल सीमामा पर्ने तिब्बतमा भारी वर्षापछि आएको बाढी र

नारायणी नदीबाट हालसम्म ६७ वटा शव संकलन

काठमाडौं– रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीपछि नारायणी नदीबाट

हैदरावादले नेपाललाई दियो १९८ रनको लक्ष्य

काठमाडौं– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज भएको खेलमा

विपद् प्रतिकार्य, राहत, दीर्घकालीन पुनर्निर्माणमा सरकारलाई सहयोग गर्छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् प्रतिकार्य, राहत, दीर्घकालीन

नुवाकोट पुगे प्रधानमन्त्री शाह र भौतिक पूर्वाधारमन्त्री लम्साल

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह बाढी प्रभावित क्षेत्र नुवाकोट पुगेका छन्