मर्दी खोलाको पानी पिउनयोग्य बनाइँदै « Khabarhub

मर्दी खोलाको पानी पिउनयोग्य बनाइँदै


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल खानेपानी संस्थान र निर्माण कम्पनी हाजमा एन्डो कर्पोरेसनबीच पोखराको मर्दी खोलाको पानी शुद्धीकरण गर्ने सम्झाैता भएको छ। संस्थान र हाजमा कम्पनी बीच  आइतबार द्विपक्षीय सम्झौता भएको हो ।

संस्थानको तर्फबाट महाप्रबन्धक डा. भुपेन्द्र प्रसाद र कम्पनीको तर्फबाट प्रोजेक्ट म्यानेजर हिदेकी ओइसीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुरुप अब मर्दी खोलाको पानीलाई  प्रशोधन गरेर शुद्धीकरण गरी पिउनका लागि योग्य बनाइने छ ।

जापान सरकारले नेपाल सरकारलाई अनुदान स्वरुप ४ अर्ब ८१ करोड रुपैयाँ सहयोग गर्ने सम्झौता गरेको थियो । सोही सम्झौता अनुरुप अनुदान रकमबाट मर्दी खोलाको पानी शुद्धीकरण गरिने छ ।

जापानले दिएको कुल अनुदान रकम मध्ये ४ अर्ब २१ करोडमा सिभिल कार्यका लागि जापानमै बोलपत्र आह्वान भएको थियो ।  जसमध्ये हाजमा कम्पनीले अनुमानित लागत रकम भन्दा ८ दशमलव २ प्रतिशत कममा बोलपत्र कबोल गरेको थियो ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ६ : ३६ बजे

महिलाको चरित्र हत्या गर्ने तीन महिला पक्राउ

काठमाडौँ – महिला चरित्रहत्या गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले तीन

सुडानमा सुन खानी भत्किँदा १० जनाको मृत्यु

एजेन्सी – सुडानको उत्तरी राज्यमा बिहीबार सुनखानीमा पहिरो जाँदा (भत्किँदा)

उम्मेद्वारबारे जानकारी दिन रास्वपाले पत्रकार सम्मेलन गर्दै

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनिर्वाचन लड्ने उम्मेदवारको विषयमा

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज

काठमाडौँ – उपप्रधानमन्त्रीसमेत रहेका नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्री र

टाटासुमो दुर्घटना हुँदा दुईको निधन, एघार घाइते

काठमाडौँ – नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा आज टाटासुमो दुर्घटना हुँदा