माउन्टेन बाइक च्याम्पियनसिप चैत्र १ र २ गते हुने | Khabarhub Khabarhub

माउन्टेन बाइक च्याम्पियनसिप चैत्र १ र २ गते हुने


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल साइक्लिङ संघको आयोजनामा चैतमा राष्ट्रिय च्याम्पियनसिप माउन्टेन बाइक प्रतियोगिता आयोजना हुने भएको छ । आइतबार संघले काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिता चैत्र १ र २ गते हुने जानकारी दिएको हो ।

प्रतियोगिता गोकर्णेश्वर नगरपालिकास्थित राष्ट्रिय शहीद तथा शान्तिपार्क जगडोलमा आयोजना गरिने प्रतियोगितामा सहभागीले क्रस कन्ट्री र डाउन हिल गरी दुई विधामा प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपमा क्रस कन्ट्रीतर्फ ३.५ किमि र डाउन हिलतर्फ १.३ किमि दूरी रहने संघले जनाएको छ ।

क्रस कन्ट्रीतर्फ इलिट पुरुष समूह, महिला समूह, जुनियर पुरुष—महिला समूह, मास्टर पुरुष समूहका खेलाडीले बाह्र पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै, डाउन हिलतर्फ इलिट पुरुष—महिला समूह र जुनियर पुरुष समूहका खेलाडीले नौ पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । तर, विजेताका लागि आयोजकले नगद पुरस्कारको व्यवस्था नगरेपछि विजेताले मेडल र प्रमाणपत्र प्राप्त गर्नैछन् ।

नेपाल साइक्लिङ संघका अनुसार च्याम्पियनसिपलाई राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटि, पर्वतिय खेलकुद महासंघ लगायतको सहयोग रहेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ५ : २८ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले