माउन्टेन बाइक च्याम्पियनसिप चैत्र १ र २ गते हुने « Khabarhub

माउन्टेन बाइक च्याम्पियनसिप चैत्र १ र २ गते हुने


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल साइक्लिङ संघको आयोजनामा चैतमा राष्ट्रिय च्याम्पियनसिप माउन्टेन बाइक प्रतियोगिता आयोजना हुने भएको छ । आइतबार संघले काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिता चैत्र १ र २ गते हुने जानकारी दिएको हो ।

प्रतियोगिता गोकर्णेश्वर नगरपालिकास्थित राष्ट्रिय शहीद तथा शान्तिपार्क जगडोलमा आयोजना गरिने प्रतियोगितामा सहभागीले क्रस कन्ट्री र डाउन हिल गरी दुई विधामा प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपमा क्रस कन्ट्रीतर्फ ३.५ किमि र डाउन हिलतर्फ १.३ किमि दूरी रहने संघले जनाएको छ ।

क्रस कन्ट्रीतर्फ इलिट पुरुष समूह, महिला समूह, जुनियर पुरुष—महिला समूह, मास्टर पुरुष समूहका खेलाडीले बाह्र पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै, डाउन हिलतर्फ इलिट पुरुष—महिला समूह र जुनियर पुरुष समूहका खेलाडीले नौ पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । तर, विजेताका लागि आयोजकले नगद पुरस्कारको व्यवस्था नगरेपछि विजेताले मेडल र प्रमाणपत्र प्राप्त गर्नैछन् ।

नेपाल साइक्लिङ संघका अनुसार च्याम्पियनसिपलाई राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटि, पर्वतिय खेलकुद महासंघ लगायतको सहयोग रहेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ५ : २८ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले