पूर्वसांसद पुरीको निधनमा शोक प्रस्ताव पारित « Khabarhub

पूर्वसांसद पुरीको निधनमा शोक प्रस्ताव पारित


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  प्रतिनिधिसभाको दोस्रो बैठकले नेपाली काँग्रेसका तर्फबाट २०५६ सालमा राष्ट्रियसभा सदस्यमा निर्वाचित सांसद जीतबहादुर पुरीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । पूर्वसांसद पुरीको गत फागुन २२ गते बुधबार ७७ वर्षको उमेरमा झापामा उपचारका क्रममा निधन भएको थियो । विसं २०१४ को भद्र अवज्ञा आन्दोलनका सक्रिय योद्धा पुरी लोकतन्त्र स्थापनाका हरेक आन्दोलनमा क्रियाशील थिए ।

कुशल सङ्गठक एवम् समाजसेवीको समेत छवि बनाएका नेता पुरीको निधनमा बैठकले शोक प्रस्ताव पारित गर्दैै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरको छ । सभाको अर्को बैठक फागुन २९ गते बुधबार १२ बजे बस्ने जनाइएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ६ : २४ बजे

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको

टिकट नपाए पनि विचलित छैन : झपट रावल

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य झपट बहादुर रावलले पार्टीको