भारतमा आम निर्वाचनको मिति घोषणा : कहाँ कहिले चुनाव ? (सूचीसहित) « Khabarhub

भारतमा आम निर्वाचनको मिति घोषणा : कहाँ कहिले चुनाव ? (सूचीसहित)


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतीय निर्वाचन आयोगले आगामी आम निर्वाचनको मिति घोषणा गरेको छ । भारतको निर्वाचन आयोगले आगामी आम निर्वाचन अप्रिल ११ देखि मे १९ सम्म गरी विभिन्न ७ चरणमा हुने घोषणा गरेको हो ।

यसअनुुसार पहिलो चरणको मतदान ११ अप्रिलमा, दोश्रो चरणको मतदान १८ अप्रिलमा, तेश्रो चरणको मतदान २३ अप्रिलमा हुनेछ । त्यसैगरी चौथो चरणको मतदान २९ अप्रिल, पाचौँ चरणको मतदान मे ६, छैटौँ चरणको मतदान मे १२ र सातौँ चरणको मतदान १९ मेमा हुने जनाइएको छ ।

कहिले कति सिटका लागि हुनेछ चुनाव ?

११ अप्रिलमा हुने पहिलो चरणको मतदान आन्ध्र प्रदेशका २५ सिट, अरुणाचलका २ सिट, आसामका ५ सिट, बिहारका ४ सिट, छत्तिसगढको १ सिट, जम्मु कश्मीरका २ सिट, महाराष्ट्रका ७ सिट, मणिपुरको १ सिट, मेघालयको १ सिट, मिजोरमको १ सिट, नागाल्याण्डको १ सिट, उडिसाका ४ सिट, सिक्किमको १ सिट, तेलङ्गानाका १७ सिट, त्रिपुराको १ सिट, उत्तर प्रदेशका ८ सिट, उत्तराखाण्डका ५ सिट, पश्चिम बङ्गालका २ सिट, अण्डमन निकोबर टापुको १ सिट तथा लक्ष्यद्विपको १ सिटमा मतदान हुनेछ ।

त्यस्तै, दोश्रो चरणको मतदान १८ अप्रिलमा आसामका ५ सिट, बिहारका ५ सिट, छत्तिसगढका ३ सिट, जम्मु कश्मीका २ सिट, कर्णाटकका १४ सिट, महाराष्ट्रका १० सिट, मणिपुरको १ सिट, उडिसाका ५ सिट, तामिलनाडुका ३९ सिट, त्रिपुराको १ सिट, उत्तर प्रदेशका ८ सिट, पश्चिम बङ्गालका ३ सिट तथा पोण्डिचेरीको १ सिटका लागि मतदान हुनेछ ।

तेश्रो चरणको मतदान २३ अप्रिलका दिन आसामका ४ सिट, बिहारका ५ सिट, छत्तिसगढका ७ सिट, गुजरातका २६ सिट, गोआका २ सिट, जम्मु कश्मीको १ सिट, कर्णाटकका १४ सिट, केरलाका २० सिट, महाराष्ट्रका १४ सिट, उडिसाका ६ सिट, उत्तर प्रदेशका १० सिट, पश्चिम बङ्गालका ५ सिट, दादर नगर हवेलीको १ सिट तथा दामन दिभको १ सिटमा मतदान हुनेछ ।

त्यस्तै २९ अप्रिलमा हुने चौथो चरणको मतदानमा बिहारका ५ सिट, जम्मु कश्मीरको १ सिट, झारखण्डका ३ सिट, मध्यप्रदेशका ६ सिट, महाराष्ट्रका १७ सिट, उडिसाका ६ सिट राजस्थानका १३ सिट, उत्तर प्रदेशका १३ सिट तथा पश्चिम बङ्गालका ८ सिटमा मतदान हुनेछ ।
त्यसैगरी, ६ मेमा हुने पाचौँ चरणको मतदानमा बिहारका ५ सिट, जम्मु कश्मीरका २ सिट, झारखण्डका ४ सिट, मध्यप्रदेशका ७ सिट, राजस्थानका १२ सिट, उत्तर प्रदेशका १४ सिट तथा पश्चिम बङ्गालका ७ सिटमा मतदान हुनेछ ।

१२ मेमा हुने छैटौँ चरणको मतदानमा बिहारका ८ सिट, हरियाणाका १० सिट, झारखण्डका ४ सिट, मध्यप्रदेशका ८ सिट, उत्तर प्रदेशका १४ सिट, पश्मि बङ्गालका ८ सिट तथा दिल्लीका ७ सिटका लागि मतदान हुनेछ ।

त्यसैगरी १९ मेमा हुने सातौँ तथा अन्तिम चरणको मतदानमा बिहारका ८, झारखण्डका ३, मध्यप्रदेशका ८, पञ्जाबका १३, चण्डिगढको १, पश्चिम बङ्गालका ९, उत्तर प्रदेशका १३ तथा हिमाञ्चल प्रदेशका ४ सिटका लागि मतदान हुनेछ ।

त्यसबाहेक आन्ध्र प्रदेश, उडिसा, सिक्किम तथा अरुणाचल गरी ४ प्रदेशमा राज्य सरकार गठनका लागि पनि यसै चुनावमा मतदान हुने भारतीय निर्वाचन आयोगले जनाएको छ ।

५४३ सिटका लागि हुने लोकसभा चुनावमा यसपटकको मुख्य भिडन्त भने सत्तारुढ भारतीय जनता पार्टी बीजेपी तथा विपक्षी दल काँग्रस पार्टीबीच हुने बताइन्छ ।

मतदानको मतगणना भने २३ मेबाट शुरु हुनेछ । करिब ९० करोड मतदाताको सहभागिता रहने भारतीय मतदानलाई विश्वको सबैभन्दा वृहद मतदान हो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ४ : ३० बजे

मनिष झाको अभिव्यक्ति सापटी लिँदै निश्कलले सोधे, ‘प्रधानमन्त्रीले क्लास बङ्क गर्न मिल्छ ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले निरन्तर संसद्लाई बेवास्ता गरेपछि वपक्षी दलहरूले

एक महिनापछि जाग्यो संसदीय समिति, सुकुम्वासी राखिएको होल्डिङ सेन्टर अनुगमनमा जाने

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले भूमिहीन, सुकुम्वासी

पोखरामा पाँच सय रोपनी क्षेत्रफलमा तरबुजा खेती

गण्डकी– पोखरा महानगरपालिकामा यसवर्ष पाँच सय रोपनी क्षेत्रफल जमिनमा तरबजुजा

विश्व बैंक नेपालको शिक्षा क्षेत्रमा थप लगानी गर्न इच्छुक

काठमाडौं – विश्व बैंकले नेपालको शिक्षा क्षेत्रमा थप लगानी गर्न चासो

ताइवान र ‘ट्रेड वार’बारे ट्रम्पलाई राष्ट्रपति सीको चेतावनी : गलत रुपमा अघि बढे सम्बन्ध खतरनाक मोडमा पुग्न सक्छ

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवान मामिलामा आक्रमक नहुन अमेरिकालाई