म्यान्मारमा विद्रोहीको आक्रमण, ९ प्रहरी मारिए « Khabarhub

म्यान्मारमा विद्रोहीको आक्रमण, ९ प्रहरी मारिए


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– म्यान्मारको रखायन राज्यमा विद्रोही लडाकुको आक्रमणमा ९ प्रहरीको ज्यान गएको छ । रखायन राज्यको यो ता योके गाउँमा आराकान आर्मी नामक समूहका लडाकुले प्रहरीलाई लक्षित गरी आक्रमण गरेका हुन् ।

स्थानीय समयअनुसार शनिबार अबेर भएको घटनाबारे अधिकारीले विस्तृत विवरण भने सार्वजनिक नगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय बौद्ध धर्मावलम्बीको रखानय जातीय समुदायको नेतृत्वमा गठन भएको आराकान आर्मी लडाकु समूहले आत्मनिर्णयको माग गर्दै हिंसात्मक आक्रमण गर्दै आएको छ ।

यो समूहले पछिल्लो डिसेम्बरयता प्रहरी तथा अन्य सुरक्षा बलविरुद्धको आक्रमणलाई तीब्रता दिँदै आएको बताइन्छ । सोही क्रममा गत जनवरीमा भएको यस्तै आक्रमणमा म्यान्मारका १३ प्रहरीको मृत्यु भएको थियो ।

रखायन राज्यमा सुरक्षा बलले मुसलमान धर्मावलम्बी रोहिङ्ग्या जातीय समुदायविरुद्ध गरेको ज्यादतीका कारण उसैपनि तनावग्रस्त रहेको रखायन राज्यमा बौद्ध धर्मावलम्बी आराकान जातीय समुदायको हिंसा बढ्दै गएको हो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ८ : २५ बजे

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको