मलेशियाले संदिग्ध ७ जनालाई देशनिकाला गर्ने « Khabarhub

मलेशियाले संदिग्ध ७ जनालाई देशनिकाला गर्ने


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलेसिया– मलेशियाले इस्लामिक लडाकु समूहसँग आबद्ध रहेको बताइने इजिप्टका ६ तथा ट्युनिशियाका १ नागरिकलाई देशनिकाला गर्ने भएको छ ।

देशनिकाला गर्न लागिएका ६ इजिप्सियनमध्ये ५ जना इजिप्टमा प्रतिबन्धित मुस्लिम ब्रदरहुडका सदस्य रहेको तथा एक जना ट्युनिशियाली तथा अर्का इजिप्सियन संयुक्त राष्ट्रसंघ तथा विभिन्न मुलुकहरुले आतंकवादी समूहको सूचीमा राखेको अन्सर अल शरिया अल ट्युनिशिया भन्ने समूहका सदस्य रहेको मलेशियाका प्रहरी प्रमुख मोहम्मद फुजी हारुनले जनाएका छन् ।

अन्सर अल शरिया अल ट्युनिशिया समूहमा आबद्ध ती दुई जना सन् २०१६ मा अवैधानिक रुपमम मलेशिया प्रवेश गरेको तथा ५ जना इजिप्सियन नागरिकले उनीहरुलाई शरण दिएको बताइएको छ ।

मलेशियामा उनीहरुको उपस्थितीले ठूलो आतंकवादी आक्रमण हुनसक्ने जोखिम रहेकाले उनीहरुलाई देशनिकाला गर्न लागिएको प्रहरीले जनाएको छ । देशनिकाला गर्दा उनीहरुलाई आफ्नो मुलुकमा यातना दिइने तथा मृत्युदण्ड हुनसक्ने भन्दै विभिन्न मानवअधिकार संगठनहरुले मलेशिया सरकारसमक्ष उनीहरुलाई देशनिकाला आह्वान गर्दै आएका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ८ : ४५ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण