घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर « Khabarhub

घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाञ्चल विश्वविद्यालयको पब्लिक हेल्थ सङ्कायको परीक्षामा उत्तीर्ण गराइदिन्छु भन्दै घुस लिएको अभियोगमा शिक्षक खेमराज शाही विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

परीक्षार्थीलाई परीक्षामा उत्तीर्ण गरिदिन्छु भन्दै शिक्षक शाहीले रु २५ हजार घुस लिएको अभियोग लागेको छ । परीक्षामा असफल भएका परीक्षार्थीबाट शाहीले अर्जुन भाट र होप इन्टरनेशनल कलेजमा अध्ययनरत एक छात्रसँग मिलेर पैसा उठाएको अभियोग लागेको छ ।

यस्तै वन डिभिजन कार्यालय बाँकेमा कार्यरत वन रक्षम हरिकुमार चन्द विरुद्ध पनि विशेष अदालतमा आइतबार मुद्दा दायर गरिएको छ । निजी जग्गामा रहेको विभिन्न जातका गोलिया काठमा टाँचा लगाई पूर्जी दिने प्रयोजनका लागि वन रक्षक चन्दले सेवाग्राहीसँग रु दश हजार घुस लिएको अभियोग लागेको छ । आयोगले फरेस्टरद्वय बहादुर केसी र केशवबहादुर वलीको समेत मिलेमतो रहेको पाइएको उल्लेख गर्दै उनीहरु विरुद्ध समेत मुद्दा दायर गरेको छ ।

यस्तै आयोगले आइतबार नै साविक मध्यपश्चिमाञ्चल ग्रामीण विकास बैंक नेपालगञ्जमा सहायक अधिकृत पदमा कार्यरत पुष्पा दूराको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा मुद्दा दायर गरेको छ ।  आयोगले नेपाल विद्युत् प्राधिकरण सेती फेवा पावर हाउस पोखरामा कार्यरत इलेक्ट्रिक फोरमेन बलदेव गिरीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ९ : ५० बजे

सात वर्षपछि फेरि खुल्यो रियादमा इरानी दूतावास

रियाद – करिब आठ वर्षदेखि बिग्रिएको साउदी अरब र इरानबीचको

एमालेमा केन्द्रीय कमिटीको उमेर हद हटाइयो

काठमाडौँ– नेकपा (एमाले) केन्द्रीय कमिटीको उमेर हद हटाइएको छ ।

दिगोपनाको कसीमा सामाजिक सुरक्षा प्रणाली

काठमाडौँ– फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले देशैभरि भैरहेको विरोध प्रदर्शनका बीच

नागरिकता विधेयक प्रमाणीकरणपछि प्रवासी नेपाली खुसी : माधव नेपाल

काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले नागरिकता

कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं– कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सोलुखुम्बु लिखुपिके