घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर « Khabarhub

घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाञ्चल विश्वविद्यालयको पब्लिक हेल्थ सङ्कायको परीक्षामा उत्तीर्ण गराइदिन्छु भन्दै घुस लिएको अभियोगमा शिक्षक खेमराज शाही विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

परीक्षार्थीलाई परीक्षामा उत्तीर्ण गरिदिन्छु भन्दै शिक्षक शाहीले रु २५ हजार घुस लिएको अभियोग लागेको छ । परीक्षामा असफल भएका परीक्षार्थीबाट शाहीले अर्जुन भाट र होप इन्टरनेशनल कलेजमा अध्ययनरत एक छात्रसँग मिलेर पैसा उठाएको अभियोग लागेको छ ।

यस्तै वन डिभिजन कार्यालय बाँकेमा कार्यरत वन रक्षम हरिकुमार चन्द विरुद्ध पनि विशेष अदालतमा आइतबार मुद्दा दायर गरिएको छ । निजी जग्गामा रहेको विभिन्न जातका गोलिया काठमा टाँचा लगाई पूर्जी दिने प्रयोजनका लागि वन रक्षक चन्दले सेवाग्राहीसँग रु दश हजार घुस लिएको अभियोग लागेको छ । आयोगले फरेस्टरद्वय बहादुर केसी र केशवबहादुर वलीको समेत मिलेमतो रहेको पाइएको उल्लेख गर्दै उनीहरु विरुद्ध समेत मुद्दा दायर गरेको छ ।

यस्तै आयोगले आइतबार नै साविक मध्यपश्चिमाञ्चल ग्रामीण विकास बैंक नेपालगञ्जमा सहायक अधिकृत पदमा कार्यरत पुष्पा दूराको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा मुद्दा दायर गरेको छ ।  आयोगले नेपाल विद्युत् प्राधिकरण सेती फेवा पावर हाउस पोखरामा कार्यरत इलेक्ट्रिक फोरमेन बलदेव गिरीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ९ : ५० बजे

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर