लथालिंग राजनीति : नेकपामा नेतैपिच्छे गुट, भागबन्डाले कांग्रेसमा किचलो « Khabarhub

लथालिंग राजनीति : नेकपामा नेतैपिच्छे गुट, भागबन्डाले कांग्रेसमा किचलो


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको अन्नपूर्ण पोस्टले शीर्ष राजनीतिक दलहरुबीच देखिएको आन्तरिक विवाद र किचलोको समाचारलाई मुख्य समाचारका रुपमा छापेको छ ।

सत्तारुढ नेकपाको आन्तरिक संरचना र गतिविधि लथालिंग बनेको छ । गत जेठ ३ मा तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेकपा बनेको थियो । केन्द्रीय समिति गठन भए पनि नेताको कार्य विभाजन र जिल्ला कमिटी गठन अझै हुन सकेको छैन । नेकपाभित्र नेतैपिच्छे गुट रहेको समाचारमा जनाइएको छ ।

यसैगरी कांग्रेस आन्तरिक विवादमा रुमल्लिएको छ । पार्टीमाथि संसद सबल प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको आरोप लागिरहेका बेला नेताहरु आन्तरिक कलहमै छन् ।

पछिल्ले समय पार्टी कार्य सम्पादन समिति गठनमा समेत विवाद चुलिएको छ । कार्यसम्पादन समितिको टुंगो लगाउन गत शनिबार बोलाइएको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको समाचारमा उल्लेख छ ।

त्यस्तै पत्रिकाले चिकित्सकको आन्दोलने विरामीलाई परेको मर्काको विषयमा ‘उपचारमा अझै अटेरी’ शीर्षकमा अर्को समाचार पहिलो पृष्ठमा छापेको छ । एक बिरामीका बाबु मिनबहादुर सुनारले भने–‘ छोराको उपचारका लागि चन्दा मागेर आइयो । अपरेसन गर्ने डाक्टर नै आन्दोलनमा छन् । कहिलेसम्म कुरेर बस्ने ?’

सरकारी अस्पताल वीर अस्पताल परिसरमा विरामीहरुको बिचल्ली छ । सरकारी चिकित्सकको आन्दोलनका कारण मुलुकभरको स्वास्थय सेवा ठप्प रहेको समाचारमा जनाइएको छ ।

‘राज्यकै अनुमतिमा धर्म प्रचार’ शीर्षकमा पत्रिकाले अर्को समाचार छापेको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले सरकारकै अनुमतिमा क्रिस्चियन धर्म प्रचार गरिरहेको समाचारमा जनाइएको छ ।

राज्यका निकायले नै त्यस्ता संस्थालाई काम गर्ने अनुमति दिएपछि यसबारे संसदको लेखा समितिले गम्भीर चासो व्यक्त गरेको हो ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ७ : १५ बजे

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

काठमाडौं– सोलुखुम्बुको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन

साउदी युवराजले दिएका थिए इरानमाथि आक्रमण रोक्न ट्रम्पलाई दबाब

काठमाडौं- इरानमाथिको आक्रमण रोक्न साउदी अरेबियाका युवराज तथा प्रधानमन्त्री मोहम्मद

हिन्दू राष्ट्रको मागमा सहमति संविधानविपरीत : सुदन किराती

काठमाडौं- श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किरातीले

पूर्वराष्ट्रपति भण्डारीले गरिन् नेकपा सहसंयोजक नेपाललाई सम्मान

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका सहसंयोजक माधवकुमार नेपाललाई सम्मान गरेकी

इरानमाथि आक्रमणबाट पछि हटे ट्रम्प, विज्ञ भन्छन्, ‘तेहरानले यसलाई रणनीतिक जित ठान्न सक्छ’

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि प्रस्तावित सैन्य आक्रमण तत्कालका