भक्तपुरमा फेरि बर्डफ्लु भेटियो, रातारात कुखुरा नष्ट « Khabarhub

भक्तपुरमा फेरि बर्डफ्लु भेटियो, रातारात कुखुरा नष्ट


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- सूर्यविनायक नगरपालिका–१ दधिकोटमा रहेको फार्मको कुखुरामा फेरि एचवानएनवान भाइरस बर्डफ्लु भेटिएपछि रातारात कुखुरा नष्ट गरिएको छ । दधिकोटस्थित अनुस्कृत कुखुरा फार्मका ब्रोइलर कुखुरामा बर्डफ्लु भेटिएपछि गए राति कुखुरा मारिएको छ ।

फार्म सञ्चालक मधुराम न्यौपानेको कुखुरा फार्ममा ब्रोइलर कुखुरामा बर्डफ्लु भएको पाइएपछि गए राति २ हजार २ सय ब्रोइलर कुखुरा नष्ट गरिएको छ । फार्ममा रहेका कुखुरामा एचवानएनवान बर्डफ्लुको भाइरस भेटिएपछि पशु सेवा विभागका प्राविधिक टोली, स्थानीय जनप्रतिनिधि, प्रशासनको रोहबरमा कुखुरा नष्ट गरिएको फार्म सञ्चालक न्यौपानेले जानकारी दिए।

बर्डफ्लु सङ्क्रमित क्षेत्रको चार किल्लाभित्र कुखुरा नष्ट गरी खाडलमा पुरिएको छ भने खाली खोरलाई सङ्क्रमणमुक्त बनाउँदै बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्कोन स्प्रे’ छर्ने काम गरिएको छ ।

यसअघि गत बुधबार सोही वडाको उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्मका कुखुरामा पनि बर्डफ्लु पुष्टि भएपछि २ हजार ९ सय ८५ लेयर्स कुखुरा नष्ट गरिएको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ७ : ३४ बजे

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल मङ्सिर ९ गते बुधबार सन् २०२६

आज २०८३ साल मङ्सिर ९ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल मङ्सिर ९ गते बुधबार सन् २०२६

धान खरिदमा ढिलाइ हुँदा किसान समस्यामा

कञ्चनपुर – कञ्चनपुरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले

स्थानीय तहको निर्वाचन समयमै हुनुपर्छ : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले स्थानीय तहलाई जनप्रतिनिधिविहीन