नेकपाको एकता प्रकरण : म्याग्दीका सबै तहमा एकता कमिटी « Khabarhub

नेकपाको एकता प्रकरण : म्याग्दीका सबै तहमा एकता कमिटी


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मङ्गलबार म्याग्दीका छ वटै स्थानीय तह र वडामा एकीकृत कमिटी गठन गरेको छ । चार पालिकासहित २८ वडामा पूर्वएमाले र दुई पालिकासहित १७ वडामा पूर्वमाओवादी केन्द्रका नेताको नेतृत्वमा कमिटी गठन भएको हो । अध्यक्ष र सचिवमा पहिलेका फरक–फरक पार्टीका नेतालाई चयन गरिएको नेकपाका जिल्ला संयन्त्र सदस्य गोविन्द पौडेलले बताए ।

‘पालिकाको नेतृत्व अनुमोदनका लागि प्रदेशमा सिफारिश गरेका छौँ र वडाको जिल्ला संयन्त्रले अनुमोदन गरेको छ’, पौडेलले भने, ‘सबै ठाउँमा सर्वसम्मत कमिटी गठन भएको छ ।’ बेनी नगर कमिटीको अध्यक्षमा पूर्वमाओवादी केन्द्रका शेरबहादुर केसी र सचिवमा पूर्वएमालेका राजकुमार थापा, धवलागिरि गाउँपालिकाको अध्यक्षमा पूर्वमाओवादीका खुमनाथ सुवेदी र सचिवमा पूर्वएमालेका देउप्रसाद छन्त्याल चयन भएका छन् ।

मालिका गाउँपालिकाको अध्यक्षमा पूर्वएमालेका बेगप्रसाद गर्बुजा र सचिवमा पूर्वमाओवादीका गोविन सिउथानी, मङ्गला गाउँपालिकाको अध्यक्षमा पूर्वएमालेका प्रेमप्रसाद रेग्मी र सचिवमा पूर्वमाओवादीका यामबहादुर रोकालाई चयन गरिएको छ ।

रघुगङ्गा गाउँपालिकाको अध्यक्षमा पूर्वएमालेका दीपक कार्की र सचिवमा पूर्वमाओवादीका हरि भण्डारी, अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा पूर्वएमालेका खड्ग गिरी र सचिवमा पूर्वमाओवादीका पूर्ण पाइजा चयन भएको जिल्ला संयन्त्र सदस्य हरिकृष्ण श्रेष्ठले बताए ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा घोषणा भएको करीब एक वर्षपछि स्थानीय र वडास्तरमा संयुक्त कमिटी गठन भएको हो । स्थानीय तह र वडा कमिटीमा पूर्वएमालेबाट ५९ र पूर्वमाओवादी केन्द्रबाट ४१ प्रतिशत प्रतिनिधित्व रहने गरी कमिटी गठन गरिएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ८ : ४३ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको