चिकित्सकको आन्दोलनका बीच खुल्यो वीर अस्पतालको टिकट, बिरामीले उपचार पाउलान् ? | Khabarhub Khabarhub

चिकित्सकको आन्दोलनका बीच खुल्यो वीर अस्पतालको टिकट, बिरामीले उपचार पाउलान् ?


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सरकारी चिकित्सक संघ (गोदान)को आन्दोलनकै बीच वीर अस्पतालको टिकट काउन्टर खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको निर्देशनपछि वीर अस्पताको ओपीडी ( बहिंरग) सेवाको टिकट काउन्टर खोलिएको हो ।

शुक्रबारदेखि बन्द रहेको सरकारी अस्पतालको ओपीडी सेवा खुलाउन स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव,  मन्त्रालयका सचिवलगायतको टोलीले पटक–पटक छलफल गरेको थियो ।

स्वास्थ्य मन्त्रीको निर्देशन पछि वीर अस्पतालको ओपीडी सेवा खोलिएको अस्पतालका निर्देशक केदार सेञ्चुरीले खबरहबलाई बताए ।

‘धेरै दिनदेखि ओपीडी सेवा बन्द हुँदा बिरामीहरु समस्यामा परेका थिए,’ सेञ्चुरीले भने, ‘स्वास्थ्य मन्त्रीज्यूले मंगलबार नै ओपीडी सेवा खुलाउन निर्देशन दिनुभएको थियो तर हिजो खुलाउन सकिएन, आजबाट वीर अस्पतालको ओपीडी सेवा खुलेको छ ।’

बुधबार (आज) बिहान साढे ८ बजेदेखी नै ओपीडी सेवाको टोकन तथा टिकट खुल्ला गरिएको निर्देशक सेञ्चुरीले बताए । ओपीडी खुलेसँगै ३ सय भन्दा बढी बिरामीले ओपीडीको टिकट लिइसकेको निर्देशक सेञ्चुरीको भनाइ छ । वीर अस्पतालको टिकट खुले पनि कतिपय चिकित्सक भने बिरामी जाँच्न आफ्नो कार्यकक्षमा गएका छैनन् ।

चिकित्सकको आन्दोलन अघि वीर अस्पतालमा दैनिक १८ सय बिरामीले ओपीडीसेवा लिने गरेका थिए । आन्दोलनरत सरकारी चिकित्सकले अड्डा जमाएको वीर अस्पतालमा बुधबार प्रहरी परिचालन गरेरै ओपीडी सेवाको टिकट खुलाइएका हो ।

वीर अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचारन गरी टिकट काउन्टर खुलाइएको छ । बीर अस्पतालको प्रांगणमा टिकट काउन्टरतर्फ सुरक्षाकर्मी तैनाथ छन् भने अर्को तर्फ आन्दोलनरत सरकारी चिकित्सकको संगठन सरकारी चिकित्सकसंघको पदाधिकारीसहित केही चिकित्सकहरु कालो ब्यानरमा आन्दोलनको नारा लिएर उभिएका छन् ।

संघले भने आफ्ना वार्ता र सहमतीबाट निकास खोज्नुको साटो प्रहरी परिचालन गरी टिकट खुलाइएको भन्दै सरकारको विरोध गरेको छ ।
संघले जबरजस्ती टिकट खुलाइए पनि चिकित्सकलाई जबरजस्ती बिरामी जाँच गर्न लगाउन भन्दै सरकारलाई चुनौती दिएको छ ।

गत मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य तर्फको समायोजन सूची सार्वजनिक गरेसँगै सरकारी चिकित्सकले देशभरका सरकारी अस्पतालको आकस्मिक बाहेकको सेवा ठप्प पारेका थिए । चिकित्सकको दरवन्दी संघ अन्तर्गत हुनुपर्ने माग राख्दै अस्पताल बन्द गरेर आन्दोलनमा उत्रिएका चिकित्सकलाई बन्दको कार्यक्रम फिर्ता लिन स्वास्थ्य मन्त्रालयले आग्रह समेत गरेको थियो ।

तर, गोदानका अध्यक्ष दिपेन्द्र पाण्डेले सरकारले माग सम्बोधन नगरेसम्म आन्दोलन नरोकिने भन्दै सरकारलाई वार्ताका लागि आग्रह गरेको थियो । सरकारको आग्रहलाई अटेर गरेरै अस्पताल बन्द गरेपछि सरकारले सुरक्षाकर्मी परिचालन गरेरै वीर अस्पतालको टिकट काउन्टर खुलाएको हो ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ११ : ४५ बजे

पाँचजना प्रदेशसभा सदस्यलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

जनकपुरधाम – मधेश प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई पदमुक्त नगर्न सर्वोच्च

काठमाडौं उपत्यकाका मेयरहरूसँग प्रधानमन्त्री कार्कीको छलफल

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरूसँग छलफल गरेकी छन्।

अबदेखि वायुसेवा निगमको जहाज डाइभर्ट हुँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने

काठमाडौँ- नेपाल वायुसेवा निगमका जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न कारणले

बडिगाडलाई पोषणमैत्री पालिका बनाउन तयारी तीव्र

गण्डकी – ‘खाजामा कहिले मकैको सातु बनाउँछौँ, कहिले कोदोको पुरी

छिटो पासपोर्ट बनाइदिने भन्दै रकम असुल्ने ३ जना बिचौलिया पक्राउ

काठमाडौं– पासपोर्ट छिटो बनाइदिने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोपमा प्रहरीले