आफूलाई ज्यान मार्ने धम्की दिनेमाथि बृहत अनुसन्धान गर्न सांसद लिङ्देनको माग | Khabarhub Khabarhub

आफूलाई ज्यान मार्ने धम्की दिनेमाथि बृहत अनुसन्धान गर्न सांसद लिङ्देनको माग


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बिर्तामोड– झापा क्षेत्र नम्बर ३ का सांसद राजेन्द्र लिङ्देनले आफूलाई ज्यान लिने धम्की दिने व्यक्ति र प्रकरणबारे बृहद् अनुसन्धान गर्न माग गरेका छन् ।

झापाको बिर्तामोडमा बुधबार भएको पत्रकार भेटघाटमा लिङ्देनले घटनामा संलग्नमाथि विस्तृत रुपमा अनुसन्धान गर्न माग गरेक हुन् ।

एक सातादेखि अज्ञात व्यक्तिले आफूलाई मार्न भनेर रकम (सुपारी) लिएको भन्दै फोन आइरहेको विषय सार्वजनिक भएपछि पत्रकार सम्मेलन गरेर लिङदेनले यसबारे सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले घटनामा संलग्न भएको आरोपमा लिङ्देनकै निर्वाचन क्षेत्रमा रहेको कचनकवल गाउँपालिका–२ झापाका तिलकदास पराजुली र हुम्लाका प्रदिप रोकालाई पक्राउ गरेको थियो ।

पक्राउ परेकामध्ये लिङ्देनलाई धम्क्याउने तिलकदास भएको प्रहरीकोले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  १ : १९ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’