च्याम्पियन्स लिग : मेस्सीको बार्सिलोना र रोनाल्डोको युभेन्ट्सले जित्लान् ? « Khabarhub

च्याम्पियन्स लिग : मेस्सीको बार्सिलोना र रोनाल्डोको युभेन्ट्सले जित्लान् ?


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युइएफए च्याम्पियन्स लिगमा आज महत्वपूर्ण दुईवटा खेल हुँदैछन् । बुधबार(आज) राति हुने खेलमा स्पेनिस महारथि बार्सिलोना र इङ्ग्लीस क्लब म्यानचेस्टर युनाइटेड, इटालीयन जाइन्ट युभेन्ट्स र डच क्लब आयाक्सबीच प्रतिस्पर्धा हुँदैछ ।

च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा प्रतिस्पर्धा गर्न लागेका यी चार टिममध्ये पराजित दुई टोली दोस्रो लेगमा पुनरागमनको प्रयास गर्नेछन् भने विजयी टोलीले आफ्नो सेमिफाइनल यात्रा सहज बनाउनेछन् ।

च्याम्पियन्स लिगको सुन्दरताका रु

पमा यसअघि बार्सिलोना र रियल मड्रिडको खेललाई हेरिन्थ्यो । तर, यो सिजनमा रियल यसअघि प्रि—क्वाटरफाइनलमा अयाक्ससँग पराजित हुँदै घर फर्किसकेपछि आज हुन लागेको बार्सिलोना र युनाइटेडबीचको खेलले बजार तताएको छ ।

यस्तै, आयाक्स र युभेन्ट्सको पनि चर्चा उत्तिकैछ । यसअघिको च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडविरुद्ध युभेन्ट्सका स्टार रोनाल्डोले ह्याट्रिक गोल गरेका थिए ।

अन्तराष्ट्रिय समाचारमा बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई जोडेर युनाइटेडको खेलको अनुमान लगाउँदै आएको छ । बार्सिलोनाका कप्तान मेस्सी लाई ‘गेम मेकर’ का रुपमा पनि हेरिन्छ । पछिल्ला खेलहरुमा मेस्सी र लुइस स्वारेजको लयले पनि युनाइटेडमा भय देखिन्छ । ला लिगामा अन्तिम २ खेलमा बार्सिलोनाले अन्तिम समयमा मेस्सी र स्वारेजले गोल गर्दा जित हात पारेको थियो ।

वर्ल्ड ट्राफोर्डमा खेल भइरहँदा युनाइटेड र बार्सिलोनाबीचको विगतलाई पनि केलाउनु पर्ने हुन्छ । जसमा युनाइटेड र बार्सिलोनाले समान २ खेलमा जीत, २ खेल बराबरी र २ खेलमा हार व्यहोरेका छन् ।

आजको खेलमा पनि युनाइटेड पहिलो लेगमा जीत निकाल्ने लक्ष्यमा रहनेछ भने पाहुना टोली बार्सिलोना घरेलु टोलीलाई रोक्ने लक्ष्यमा रहेको छ ।

बुधबार वल्ड ट्राफोर्डमा मेस्सी र पाउल पोग्वा भन्दा पनि प्रशिक्षक ओले गनर सोल्सायरबीचको खेलका रुपमा पनि हेरिएकोछ । “हामी अवसरको खोजिमा हुनेछौं । मेस्सी र लुइस स्वारेजलाई रोक्न कठिन छ । तर, पनि यो असम्भव भने पक्कै छैन तर, पनि बार्सिलोनासँग अरु पनि राम्रा खेलाडी छन् । हामी एउटा खेलाडी (मेस्सी) को पछि मात्रै लाग्दैनौं,”सोल्सायरले बीबीसीसँग बोल्दै मेस्सीबारे भने ।

मेस्सीले अहिलेसम्म यो सिजनमा खेलेका ४० खेलमा ४३ गोल गरिसकेका छन् ।

जुलाईमा स्पेनिस महारथि रियल मड्रिडबाट इटालीयन क्लब युभेन्ट्स पुगेका क्रिष्टियानो रोनाल्डोले आज अयाक्सविरुद्ध मैदान उत्रिदैछन् ।

रियल र बार्सिलोनाबीचको खेल जस्तो प्रतिस्पर्धा नभए पनि रियललाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको अयाक्सविरुद्ध रोनाल्डो मैदान उत्रिदा घरेलु टोलीका लागि भने भय देखिन्छ । च्याम्पियन्स लिगका सर्वकालिन उच्च गोलकर्ता रोनाल्डो डच क्लबको घरेलु मैदानमा अयाक्सविरुद्ध आक्रामक देखिने अनुमान गरिएको छ ।

१३ पटकको सिरी ए च्याम्पियन युभेन्ट्सलाई यो सिजनमा रोनाल्डोले फाइनलसम्म पुर्यान सक्ने युभेन्ट्सका प्रशिक्षकको दावी छ ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  २ : २७ बजे

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

भैरहवा– भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा

तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

काँक्रेविहार– सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण

अमेरिकी आक्रमणपछि इरानको जवाफी हमला, सैन्य अड्डा निशानामा

 एजेन्सी – इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) इरानी तटीय क्षेत्रहरूमा

अमेरिका-इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती

एजेन्सी– अमेरिकाले ‘स्ट्रेट अफ हर्मुज’ मा व्यावसायिक कार्गो जहाजमाथि इरानले