सर्लाहीको वरहथवा नगरपालिकाका इन्जिनियरसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता « Khabarhub

सर्लाहीको वरहथवा नगरपालिकाका इन्जिनियरसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सर्लाहीको वरहथवा नगरपालिका–१३ को विनमाटोल भित्रको बाटो ढलान गर्दा अनियमितता भएको भेटिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा ३ सय ७४ मिटर लम्बाइ र १२ फिट चौडाइ भएको बाटो ढलान गर्दा अनियमितता भएको भेटिएको हो ।

वरहथवा नगरपालिकाले बाटो विस्तारका लागि २७ लाख रुपैयाँ निकास गरेकोमा उपभोक्ता समितिका अध्यक्ष नेपाल साह तथा नगरपालिकाका प्राविधिक इन्जिनियर संजीव यादवको मिलेमतोमा अनियमितता भएको अख्तियारले जनाएको छ ।

अध्यक्ष साह र इन्जिनियर यादवको मिलेमतोमा कमसल सामग्री प्रयोग गरी बाटोको ढलान गरिएको भेटिएको अख्तियारले जनाएको छ ।

अख्तियारले बाटो ढलानमा भएको अनियमितता संलग्न भएको भन्दै प्राविधि इन्जिनियर संजीव यादव, प्राविधिक सव–इन्जिनियर अनिल कुमार यादव र उपभोक्ता समितिका अध्यक्ष नेपाल साहविरुद्ध ४ लाख ६३ लाख ९ सय ९० रुपैयाँ बिगो तथा जरिवाना र कैद सजाय माग दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

यस्तै, उपभोक्ता समितिका सचिव प्रमोद कुमार राय र कोषाध्यक्ष कलापती कुमारी देवीविरुद्ध पनि ४ लाख ६३ हजार ९ सय ९० रुपैयाँ बिगो तथा जरिवाना र कैद सजाय माग दाबी गर्दै बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ५ : २२ बजे

आईसीसी एकदिवसीय विश्व वरीयतामा नेपाल १६औँ स्थानमा

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ एकदिवसीय विश्व

ऊर्जा निर्भरताबाट जोगिन रुबियोको चेतावनी

एथेन्स- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले कुनै एक क्षेत्र वा व्यापारिक मार्गमा

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा