लिबियाबाट नेपाली सेना फर्काउन पहल « Khabarhub

लिबियाबाट नेपाली सेना फर्काउन पहल


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले लिबियास्थित संयुक्त राष्ट्रसंघीय कार्यालय सुरक्षामा खटिएका नेपाली सैनिकलाई फिर्ता गराउन पहल शुरु गरेको छ ।

विद्रोही समूह लिबियन नेसनल आर्मी (एलएनए)ले राजधानी त्रिपोलीमा आक्रमण गरेसँगै त्यहाँ रहेका राष्ट्रसंघीय कर्मचारी फिर्ता भइसकेका कारण सरकाले नेपाली सेनालाई फिर्ता गराउने पहल थालेको हो ।

नेपाली सेनाका प्रवक्ता सहायकरथी यामप्रसाद ढकालले त्यहाँबाट नेपाली सेनालाई फिर्ता गराउन पहल थालिएको जानकारी दिए । प्रवक्ता ढकालले खबरहब सँग भने– ‘नेपाली सैनिकलाई पनि विद्रोही सैनिकबाट सुरक्षा खतरा हुनसक्ने भन्दै फर्काउन पहल भएको हो । अहिले राष्ट्रसंघ महासचिवका विशेष प्रतिनिधि गासन सलामे त्यहीँ रहेका कारण उनको सुरक्षार्थ नेपाली सैनिक खटिएका छन् ।’

सैनिक प्रवक्ता ढकालका अनुसार अहिले विद्रोही समूहले त्रिपोलीस्थित अन्तर्राष्ट्रिय विमानस्थललाई ‘नो फ्लाइ जोन’ घोषणा गरेका छन् । तर, ट्युनिसिया जाने सडकमार्ग बन्द भएको छैन ।

त्यहाँको युएन मिसनका केही स्टाफलाई सडकमार्गबाट ट्युनिसिया पु¥याउन थालिएको छ । अहिले मिसनमा दुई सय ३१ जना नेपाली शान्ति सैनिकमा कार्यरत छन् । उनीहरू सबै सुरक्षित रहेको प्रवक्ता ढकालले जानकारी दिए ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ६ : १३ बजे

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मी– पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ– गए रातिदेखि भएकाे वर्षासँगैको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल

सर्लाही-४ : गगनलाई सघाउन सांसद उम्मेवारसहित चार वडाध्यक्ष कांग्रेसमा प्रवेश

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

तनहुँ– मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन