अब न्यूनतम १० कित्ता शेयर पनि किन्न पाइने | Khabarhub Khabarhub

अब न्यूनतम १० कित्ता शेयर पनि किन्न पाइने


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा हालको कम्तीमा ५० कित्ता आवेदन गर्ने व्यवस्थामा परिवर्तन गरी न्यूनतम् १० कित्ता पनि आवेदन गर्न पाउने व्यवस्था गरेको छ ।

विद्यार्थी तथा स–साना पूँजी भएका वर्गको पूँजीबजारमा पहुँच बढाउने र यसलाई समावेशी बनाई ‘एक नेपाली एक डिम्याट खाता’ अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले सार्वजनिक निष्कासनमा न्यूनतम् १० कित्ता आवेदन गर्न पाउने व्यवस्था गरिएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए ।

बोर्डले बुधबार नै यस व्यवस्थालाई तत्काल कार्यान्वयन गर्न सम्बन्धित सबै निष्कासन तथा बिक्री प्रबन्धक मर्चेन्ट बैंकरलाई परिपत्रसमेत गरेको छ ।

समावेशी भनिएको यो व्यवस्थाले पूँजीबजारमा जनसहभागिता बढ्ने र पूँजीबजारको विकास र विस्तारमा थप टेवा पुग्ने विश्वास गरिएको प्रवक्ता रेग्मीले बताए ।

सबै वर्गका लगानीकर्ताको सहभागिता बढाउन उपलब्ध भएसम्म सबै आवेदकले कम्तीमा १० कित्ता शेयर पाउने समावेशी वितरण प्रणाली र २०७३ सालदेखि आश्वा व्यवस्था लागू भएपश्चात् देशैभर साना तथा आम लगानीकर्ताको सहभागिता बढ्दै गएको बोर्डले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ७ : २२ बजे

गणपति लघुवित्त : १४ प्रतिशत नाफासँगै प्रतिसेयर आम्दानी बढ्यो

काठमाडौं – गणपति लघुवित्त चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा

प्रचारप्रसारको अभावले ओझेलमा सुनदेवी ताल

कञ्चनपुर– चुरे पर्वत शृङ्खलाको घना वन क्षेत्रको बीच भागमा अवस्थित

मधेश केन्द्रित गठीत कार्यदलकाे बैठक बस्दै

काठमाडौं – सत्ता साझेदार र प्रतिपक्षमा रहेका मधेश केन्द्रित विभिन्न

इराकी कुरान जलाउने सलवान मोमिकाको गोली हानी हत्या

काठमाडौं– इराकी कुरान जलाउने सलवान मोमिकाको स्वीडेनमा हत्या गरिएको छ

कृषिउपज संकलन केन्द्र प्रयोगविहीन

नवलपरासी– ग्रामीण क्षेत्रमा उत्पादित कृषिउपज संकलन र बिक्रीका लागि पश्चिम