पहिलो पटक सार्वजनिक भयो ब्ल्याक होलको तस्वीर « Khabarhub

पहिलो पटक सार्वजनिक भयो ब्ल्याक होलको तस्वीर


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ब्ल्याक होलको पहिलो तस्वीर सार्वजनिक भएको छ । इभेण्ट होराइजन टेलिस्कोप नामक परियोजनाअन्तर्गत विश्वका विभिन्न ८ स्थानमा रहेका रेडियो टेलिस्कोपको सहायताबाट पहिलोपटक ब्ल्याक होलको तस्वीर सार्वजनिक गरिएको हो ।

तस्वीर सार्वजनिक गर्दै इभेण्ट होराइजन टेलिस्कोपकका निर्देशक तथा हार्डवर्ड विश्वविद्यालयका अनुसन्धानकर्ता सेफर्ड डोलेम्यानले ब्ल्याक होल ब्रह्माण्डको सबैभन्दा रहस्यमय विषय भएकाले यसको तस्वीर सार्वजनिक हुनु आफैँमा महत्वपूर्ण रहेको जनाएका छन् ।

तस्वीर लिइएको ब्ल्याक होल पृथ्वीबाट ५ करोड ५० लाख प्रकाशवर्ष टाढा मेसियर ८५ तारापुञ्जको रहेको बताइएको छ । तस्वीरमा अत्यन्त भारी ब्ल्याक होलको वरिपरी ब्रह्माण्डीय धुलोका कण र ग्यासहरु देख्न सकिने इभेण्ट होराइजन टेलिस्कोपले जनाएको छ ।

खगोलशास्त्रीहरुका अनुसार ब्ल्याक होल ब्रह्माण्डमा रहेको त्यस्तो स्थान हो, जहाँबाट प्रकाससहित कुनै पनि भौतिक वस्तु उम्केर जान पाउँदैन । यसकारण ब्ल्याकहोललाई देख्न नसकिने बताइन्छ । अत्यन्त ठूलो मात्रामा गुरुत्वकर्षण शक्ति हुने भएकाले त्यहाँ कुनै पनि भौतिकशास्त्रका नियमहरु लागू हुनै नसक्ने खगोलशास्त्रीहरु बताउँछन् ।

पहिलो पटक ब्ल्याक होलको परिकल्पना भने महान् वैज्ञानिक अल्बर्ट आइन्सटाइनले आफ्नो सापेक्षतावादको सिद्धान्तमा गरेका थिए ।

चिली र अन्टार्कटिकादेखि स्पेनसम्म राखिएका रेडियो टेलिस्कोपको सञ्जालको सहायताबाट पहिलोपटक ब्ल्याक होलको तस्वीर सार्वजनिक हुनुलाई भने खगोलशास्त्रमा चामत्कारिक विकासको रुपमा लिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ७ : ५७ बजे

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर