हर्षोल्लाससहित मनाइँदै धान्यपूर्णे, योमरी पुन्ही (तस्बिरहरू) « Khabarhub

हर्षोल्लाससहित मनाइँदै धान्यपूर्णे, योमरी पुन्ही (तस्बिरहरू)


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन अर्थात् आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइएको छ ।

मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा र नेवार समुदायले योमरी बनाएर चढाउने परम्परा छ ।

नयाँ धान भित्र्याएको खुसियालीमा उपत्यका लगायत देशभरका नेवार समुदायले  यो:मरि पूर्णिमा पर्वका साथै राष्ट्रिय ज्यापु दिवस  हर्षोल्लासका साथ मनाएका छन् । 

यस वर्षको  यो:मरि पूर्णिमा एबं राष्ट्रिय ज्यापु दिवसको र्याली काठमाडौं ५ हाँडीगाउँबाट निकालिएको छ र्याली  हाँडिगाउँ बाट सुरु हुँदै टंगाल गणेश, नक्साल भगवती मन्दिर, प्यगं:था, नाग पोखरी, नारायण हिटी, कशर महल, ठँबही त्रिदेवी चोक, ज्याठा,त्य:र, असं,बालकुमारी,केलत्वा: , वंघ: , मरुत्वा, कालभैरव, हनुमान ध्वाका हुँदै वसन्तपुरमा समाप्त हुने आयोजकले  जानकारी दिएको छ ।

यो:मरि पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाउने यस चाडलाई खाद्यपदार्थको रसिलो चाडका रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ ।

काठमाडौं उपत्यकाका नेवार समुदाय अन्तर्गतका ज्यापुहरूले एक साथ योमरी पुन्ही र राष्ट्रिय ज्यापु दिवस मनाएका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  १२ : ११ बजे

प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको

आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

काठमाडौँ – इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल)

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ १० गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ १० गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १० गते बुधबार सन् २०२६