पहिलो पटक सार्वजनिक भयो ब्ल्याक होलको तस्वीर | Khabarhub Khabarhub

पहिलो पटक सार्वजनिक भयो ब्ल्याक होलको तस्वीर


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ब्ल्याक होलको पहिलो तस्वीर सार्वजनिक भएको छ । इभेण्ट होराइजन टेलिस्कोप नामक परियोजनाअन्तर्गत विश्वका विभिन्न ८ स्थानमा रहेका रेडियो टेलिस्कोपको सहायताबाट पहिलोपटक ब्ल्याक होलको तस्वीर सार्वजनिक गरिएको हो ।

तस्वीर सार्वजनिक गर्दै इभेण्ट होराइजन टेलिस्कोपकका निर्देशक तथा हार्डवर्ड विश्वविद्यालयका अनुसन्धानकर्ता सेफर्ड डोलेम्यानले ब्ल्याक होल ब्रह्माण्डको सबैभन्दा रहस्यमय विषय भएकाले यसको तस्वीर सार्वजनिक हुनु आफैँमा महत्वपूर्ण रहेको जनाएका छन् ।

तस्वीर लिइएको ब्ल्याक होल पृथ्वीबाट ५ करोड ५० लाख प्रकाशवर्ष टाढा मेसियर ८५ तारापुञ्जको रहेको बताइएको छ । तस्वीरमा अत्यन्त भारी ब्ल्याक होलको वरिपरी ब्रह्माण्डीय धुलोका कण र ग्यासहरु देख्न सकिने इभेण्ट होराइजन टेलिस्कोपले जनाएको छ ।

खगोलशास्त्रीहरुका अनुसार ब्ल्याक होल ब्रह्माण्डमा रहेको त्यस्तो स्थान हो, जहाँबाट प्रकाससहित कुनै पनि भौतिक वस्तु उम्केर जान पाउँदैन । यसकारण ब्ल्याकहोललाई देख्न नसकिने बताइन्छ । अत्यन्त ठूलो मात्रामा गुरुत्वकर्षण शक्ति हुने भएकाले त्यहाँ कुनै पनि भौतिकशास्त्रका नियमहरु लागू हुनै नसक्ने खगोलशास्त्रीहरु बताउँछन् ।

पहिलो पटक ब्ल्याक होलको परिकल्पना भने महान् वैज्ञानिक अल्बर्ट आइन्सटाइनले आफ्नो सापेक्षतावादको सिद्धान्तमा गरेका थिए ।

चिली र अन्टार्कटिकादेखि स्पेनसम्म राखिएका रेडियो टेलिस्कोपको सञ्जालको सहायताबाट पहिलोपटक ब्ल्याक होलको तस्वीर सार्वजनिक हुनुलाई भने खगोलशास्त्रमा चामत्कारिक विकासको रुपमा लिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ७ : ५७ बजे

स्वास्थ्य क्षेत्रका कार्यक्रम र बजेटमा दोहोरोपना हटाउनुपर्नेमा जोड

पाटन – स्वास्थ्य सेवाका क्षेत्रमा सङ्घ, प्रदेश र स्थानीय तहले

डोल्पो समाज गुम्वामा शान्ति पूजाको आयोजना

काठमाडौं– विश्वशान्ति र मानवकल्याणहेतु काठमाडौंको डोल्पो समाज गुम्वामा शान्ति पूजाको

त्रिविको जग्गा फिर्ता ल्याउने प्रक्रियामा प्रधानमन्त्रीद्वारा प्रगति माग

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले अपचलनमा परेको त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता

ओखलढुङ्गाको स्वर्णान्तराल आधारभूत विद्यालय भवन शिलान्यास

ओखलढुङ्गा-ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ स्थित स्वर्णान्तराल आधारभूत विद्यालय, टोक्सेलको नयाँ विद्यालय

प्रधानमन्त्रीले मागिन् वायु सेवा निगममा महाप्रबन्धक नियुक्ति प्रक्रियाबारे जानकारी

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा खुला प्रतिस्पर्धाबाट