गैरकानुनी आर्जनविरुद्ध आक्रामक कारबाही थालिँदै, २ सय उजुरीको पोको खोलिने | Khabarhub Khabarhub

गैरकानुनी आर्जनविरुद्ध आक्रामक कारबाही थालिँदै, २ सय उजुरीको पोको खोलिने


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-। राज्यलाई ठगी गर्दै अवैधानिक रूपमा अकुत सम्पत्ति कमाएकामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ । पछिल्लो समय केही सुस्ताएको विभागले विभिन्न क्षेत्रका २ सयवटा उजुरीमाथि एकैपटक छानबिन तथा अनुसन्धान थालेको राजधानी दैनिकमा खबर छ ।

गैरकानुनी कार्य गरी आर्जन गरेको सम्पत्तिलाई कानुनी स्रोतबाट प्राप्त भएको देखाउने र त्यस्तो सम्पत्तिको वास्तविक स्रोत लुकाउने प्रवृत्तिसमेत निरुत्साहित गर्ने गरी विभागले छानबिनलाई तीव्रता दिएको छ । विभागका महानिर्देशक रूपनारायण भट्टराईले अवैध रूपमा सम्पत्ति आर्जन गरी राज्यकोषमा ठगी गर्नेहरुमाथि कठोरतापूर्वक छानबिन थालिने जानकारी दिए ।

‘अवैध सम्पत्ति आर्जन गर्नेहरुलाई कानुनी दायरामा ल्याएर सम्पत्ति जफत गर्ने अभियानलाई अब तीव्रता दिनेछौं’ विभागका महानिर्देशक भट्टराईले भने ।

विभागले प्राप्त उजुरीलाई रेड जोन, एलो जोन र ग्रिन जोनमा वर्गीकरण गरी अनुसन्धान थालेको छ । रेड जोन र एलो जोनअन्तर्गतका मुद्दालाई बढी प्राथमिकतासाथ अनुसन्धान गरिने विभागका महानिर्देशक भट्टराईले बताए । उनका अनुसार रेड जोन र एलो जोनमा राखिएका उजुरी गम्भीर प्रकृतिका छन् त्यसैले ती उजुरीलाई बढी प्राथमिकतामा राखी अनुसन्धान थालिनेछ । एक साताअघि मात्रै विभागमा आएका महानिर्देशक भट्टराईले अब सबै प्रकारका उजुरीको गम्भीरतापूर्वक अनुसन्धान थालिने बताए ।

पत्रिकाले छुट भूकम्पपीडितको जाँच अवधि थप शीर्षकमा अर्को समाचार छापेको छ । लाभग्राहीको सूचीमा पर्नबाट छुटेका भूकम्पपीडितका लागि अन्तिमपटक गरिएको छुट तथा पुनः जाँच सर्वेक्षणको समयावधि थपिएको छ ।वैशाख मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छुट तथा पुनः जाँच सर्वेक्षणअन्तर्गत स्थलगत लगत संकलनको समयावधि जेठ मसान्तसम्म पुर्‍याइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले विशेष कारणवश सबै जिल्लामा स्थलगत लगत संकलन समयमै सुरु गर्न नसकिएकाले म्याद थपिएको जानकारी दिए । प्राविधिक तथा इन्जिनियरहरुको आन्दोलनका कारण पुनः जाँच कार्यक्रमसमेत प्रभावित बन्न पुगेको थियो ।

प्राधिकरणले तोकेको अवधिभित्र आ–आफ्नो क्षेत्रमा खटिएका प्राविधिकमार्फत् वडामा पुगेर आफ्नो लगत संकलन गराउन सबै गुनासोकर्तालाई आग्रह गरेको छ ।प्राधिकरणले हाल सबै जिल्लामा सर्वेक्षण भइरहेको जानकारी दिँदै केन्द्रीय सूचना प्रणालीमा ७ हजार गुनासोकर्ताको विवरण प्राप्त भएको जनाएको छ । प्राधिकरणबाट स्थानीय तहमा खटिएकामध्ये तोकिएका करिब ५ सय ५० इन्जिनियरले गुनासोकर्ताको घरघर गई लगत संकलन गरिरहेका छन् ।

त्यस्तै पत्रिकाले लोकसेवा खुल्ने निश्चित भएको, ११ हजार ४ सय ९२ पदमा विज्ञापन हुँदै गरेको खबरलाई प्राथमिकतामा छापेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ६ : ३६ बजे

प्रधानमन्त्री दाहालले आज कोप–२८ सम्मेलनलाई सम्बोधन गर्ने

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन

लालपुर्जा पाइने भएपछि स्थानीय खुसी 

कैलाली– कैलालीको टीकापुर नगरपालिका–६ का निसाद विक्रम बमले एक बिघा

भरतपुर अस्पतालमा आईसीयू शय्या थपियो 

चितवन– भरतपुर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा शय्या थप

साउदी प्रो लिग : रोनाल्डो सम्मिलित अल नासरको लज्जास्पद हार

काठमाडौँ– साउदी प्रो लिगमा पोर्चुगिज खेलाडी क्रिष्टियानो रोनाल्डोसम्मिलित अल नासरले

यो साताका २० तस्बिर

कञ्चनपुरस्थित महाकाली नदी माथिको चार लेनको पक्की पुल । उक्त