परिवारकै दोहोरो नागरिकता : रासन कार्ड भारतमा, वृद्धभत्ता नेपालमा | Khabarhub Khabarhub

परिवारकै दोहोरो नागरिकता : रासन कार्ड भारतमा, वृद्धभत्ता नेपालमा


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सुनसरीको सदरमुकाम इनरुवाका व्यापारी छगनलाल शर्माले नेपाल र भारतको दोहोरो नागरिकता लिएको पाइएको छ । इनरुवा बजारमा सुरज फेन्सी स्टोर कपडा पसल सञ्चालन गरेर बसेका उनले ३४ वर्षको उमेरमा २०३४ सालमा नेपालमा वंशजको नागरिकता लिएका थिए । नेपालको नागरिकता नम्बर ६२५६/२७१९ रहेका उनले भारतको नागरिकता पनि नत्यागेको कान्तिपुर दैनिकमा खबर छ ।

भारतीय मतदाता परिचयपत्र नम्बर आईएक्सक्यू/०३३०५१९ रहेको उनको भारतको राजस्थानस्थित बेकानेर जिल्ला वडा २७ मा (नारायण निवास घर नम्बर २७६ के) दुईतले घर छ। उक्त घर उनकी दिवंगत श्रीमती सुशीलादेवीका नाममा छ। सुशीलादेवीले पनि नेपालको नागरिकता लिएको देखिन्छ।

२०००००८१०६८६ नम्बरको रासनकार्ड लिएका छगनलालले २०२९४ नम्बरको मगनलाल रामावतको पसलबाट भारत सरकारले दिने रासन लिने गरेको देखिएको छ। छगनलालले २०१७ मा राजस्थानको बिकानेर जिल्लामा विधानसभा निर्वाचन क्षेत्र नम्बर १३ मा मतदान गरेको समेत भारतीय निर्वाचन आयोगको वेबसाइटमा देखिन्छ।

उनले नेपालमा पनि मतदान गरेको देखिन्छ। १६७१९७१ नम्बर मतदाता परिचयपत्र लिएका उनले इनरुवाको भगवती माविमा रहेको निर्वाचन केन्द्रबाट मतदान गरेका हुन्। उनले नेपालमा वृद्धभत्तासमेत लिइरहेका छन्।

अदालतकै जग्गा कब्जा नै कब्जामा शीर्षकमा पत्रिकाले अर्को समाचार छापेको छ ।

उच्च अदालत तुलसीपुरअन्तर्गत बुटबल इजलास कार्यालयको जग्गा वर्षौदेखि अतिक्रममा परेको छ । बुटबल उपमहानगरपालिका ४ स्थिति जेसिज चोकदेखि उत्तर खानेपानी कार्यालयदेखि दक्षिण र इजलास अगाडिको सडकबाट पश्चिमसम्म फैलिएको जग्गा अतिक्रमण भएको हो ।

सरकारी लिखत अनुसार साविकको कित्ता नम्बर ३ सय ९६ को २ विघा ५ कट्ठा १४ धुर जग्गा लुम्बिनी अञ्चलाधबीश कार्यालयका नाममा थियो । ४६ सालपछि अञ्चलाधीश कार्यालय खारेज भएपछि अदालत विस्तारका लागि भन्दै साविक पुनरावेदन अदालतले जग्गाको स्वामित्व आफ्नो नाममा लिएको थियो । पुनरावेदनले जग्गा संरक्षणमा ध्यान नदिँदा जग्गा अतिक्रमण भएको हो ।
त्यस्तै पत्रिकाले गिट्ठाका भरमा चिया मजदुर, नियन्त्रित मिडिया काउन्सिलको तयारीलगायतका समाचार मुख्य रुपमा छापेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ७ : २४ बजे

प्रचण्डको टिप्पणी- उपसभामुखलाई हटाउन खोज्दा सरकार सुरुमै असफल भयो

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत कदम

परराष्ट्रमन्त्री डा. राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता 

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र रोमानियाका विदेशमन्त्री लुमिनिता

एन्फा महिला लिग : नेपाल पुलिस क्लब विजयी

काठमाडौं– राजधानीमा जारी एन्फा महिला लिगमा संकटा फुटबल क्लब र

मोरङका अस्पतालमा बिरामी बढेपछि रगतको अभाव

बेलबारी – मोरङका अस्पतालमा बिरामीको सङ्ख्या बढेसँगै रगतको अभाव हुन

जापानमा बाढीपहिरोका कारण एक जनाको मृत्यु, सात बेपत्ता

टोकियो – जापानको भूकम्प प्रभावित क्षेत्र इशिकावामा भारी  वर्षाका कारण