परिवारकै दोहोरो नागरिकता : रासन कार्ड भारतमा, वृद्धभत्ता नेपालमा « Khabarhub

परिवारकै दोहोरो नागरिकता : रासन कार्ड भारतमा, वृद्धभत्ता नेपालमा


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सुनसरीको सदरमुकाम इनरुवाका व्यापारी छगनलाल शर्माले नेपाल र भारतको दोहोरो नागरिकता लिएको पाइएको छ । इनरुवा बजारमा सुरज फेन्सी स्टोर कपडा पसल सञ्चालन गरेर बसेका उनले ३४ वर्षको उमेरमा २०३४ सालमा नेपालमा वंशजको नागरिकता लिएका थिए । नेपालको नागरिकता नम्बर ६२५६/२७१९ रहेका उनले भारतको नागरिकता पनि नत्यागेको कान्तिपुर दैनिकमा खबर छ ।

भारतीय मतदाता परिचयपत्र नम्बर आईएक्सक्यू/०३३०५१९ रहेको उनको भारतको राजस्थानस्थित बेकानेर जिल्ला वडा २७ मा (नारायण निवास घर नम्बर २७६ के) दुईतले घर छ। उक्त घर उनकी दिवंगत श्रीमती सुशीलादेवीका नाममा छ। सुशीलादेवीले पनि नेपालको नागरिकता लिएको देखिन्छ।

२०००००८१०६८६ नम्बरको रासनकार्ड लिएका छगनलालले २०२९४ नम्बरको मगनलाल रामावतको पसलबाट भारत सरकारले दिने रासन लिने गरेको देखिएको छ। छगनलालले २०१७ मा राजस्थानको बिकानेर जिल्लामा विधानसभा निर्वाचन क्षेत्र नम्बर १३ मा मतदान गरेको समेत भारतीय निर्वाचन आयोगको वेबसाइटमा देखिन्छ।

उनले नेपालमा पनि मतदान गरेको देखिन्छ। १६७१९७१ नम्बर मतदाता परिचयपत्र लिएका उनले इनरुवाको भगवती माविमा रहेको निर्वाचन केन्द्रबाट मतदान गरेका हुन्। उनले नेपालमा वृद्धभत्तासमेत लिइरहेका छन्।

अदालतकै जग्गा कब्जा नै कब्जामा शीर्षकमा पत्रिकाले अर्को समाचार छापेको छ ।

उच्च अदालत तुलसीपुरअन्तर्गत बुटबल इजलास कार्यालयको जग्गा वर्षौदेखि अतिक्रममा परेको छ । बुटबल उपमहानगरपालिका ४ स्थिति जेसिज चोकदेखि उत्तर खानेपानी कार्यालयदेखि दक्षिण र इजलास अगाडिको सडकबाट पश्चिमसम्म फैलिएको जग्गा अतिक्रमण भएको हो ।

सरकारी लिखत अनुसार साविकको कित्ता नम्बर ३ सय ९६ को २ विघा ५ कट्ठा १४ धुर जग्गा लुम्बिनी अञ्चलाधबीश कार्यालयका नाममा थियो । ४६ सालपछि अञ्चलाधीश कार्यालय खारेज भएपछि अदालत विस्तारका लागि भन्दै साविक पुनरावेदन अदालतले जग्गाको स्वामित्व आफ्नो नाममा लिएको थियो । पुनरावेदनले जग्गा संरक्षणमा ध्यान नदिँदा जग्गा अतिक्रमण भएको हो ।
त्यस्तै पत्रिकाले गिट्ठाका भरमा चिया मजदुर, नियन्त्रित मिडिया काउन्सिलको तयारीलगायतका समाचार मुख्य रुपमा छापेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ७ : २४ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२