चेल्सी र आर्सनल युरोपा लिगको फाइनलमा « Khabarhub

चेल्सी र आर्सनल युरोपा लिगको फाइनलमा


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चेल्सी र आर्सनल युरोपा लिग फुटबलको फाइनल प्रवेश गरेका छन् । बिहीबार राति भएको खेलमा चेल्सीले जर्मन क्लब इन्ट्रायच फ्रायान्कफर्टलाई पराजित गर्दै फाइनलमा यात्रा तय गरेको हो । त्यस्तै आर्सनलले स्पेनिस क्लब भ्यालेन्सियालाई पराजित गरेर फाइनलमा पुग्यो ।

सेमिफाईनलको दोस्रो लेगको खेलमा चेल्सीले इन्ट्रायचलाई पेनाल्टी सुटआउटमा पराजित गर्‍यो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपनि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । चेल्सीले पेनाल्टी सुटआउटमा ४–३ को जित निकाल्यो ।

प्रतियोगिता अन्तर्गतको अर्को खेलमा आर्सनलले स्पेनिस क्लब भ्यालेन्सियालाई दोस्रो लेगको खेलमा ४–२ ले हरायो । आर्सनलको जितमा पियरी एम्रिक अबुमियाङले ह्याट्रिक गरे । लाकाजेट्टीले एक गोल गरे । भ्यालेन्सियाका केभिन गेमिरोले दुई गोल गरे ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ७ : ४६ बजे

बालबालिकामा इन्टरनेटको लत : अभिभावकलाई स्वास्थ्य, शिक्षाका विषयमा चिन्ता

काठमाडौं– पछिल्लो समय प्रविधिको विकास भएसँगै मोबाइल फोन र इन्टरनेटको

चितवन–३ मा कस्तो छ चुनावी माहोल ?

चितवन–  चितवन क्षेत्र नं ३ का नेपाली कांग्रेस र नेकपा (एमाले)का

निर्वाचनको समयमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस

काठमाडौं– निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यही फागुन

छायाँनाथ रारा नगरपालिकामा श्रम बैंक

मुगु– श्रमबाटै समृद्धि सम्भव हुन्छ भन्ने उद्देश्यले छायाँनाथ रारा नगरपालिकाले

फागुन २१ गते निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलाग्नु : निर्वाचन आयुक्त भण्डारी

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केही व्यक्तिहरूले अहिले