साइबर अपराध रोक्न प्रहरीलाई दिइयो तालिम « Khabarhub

साइबर अपराध रोक्न प्रहरीलाई दिइयो तालिम


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – साइबरका माध्यमबाट हुने गरेका आपराधिक गतिविधिलाई रोकथाम गर्ने विधिबारे जानकारी गराउन पोखरामा प्रहरी अधिकृतलाई अनुशिक्षण तालिम प्रदान गरिएको छ ।

प्रहरी प्रधान कार्यालय काठमाडौं र गण्डकी प्रदेश तालिम केन्द्रद्वारा छैटौं समूहको उक्त तालिममा २९ प्रहरी अधिकृतको सहभागिता रहेको थियो । सो तालिम वैशाख १९ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको थियो ।

सो अवसरमा गण्डकी प्रदेशका प्रहरी नायब महानिरीक्षक दानसिंह बोहराले सहभागीलाई प्रमाणपत्र वितरण गर्दै आपराधिक कार्यमा प्रविधिको प्रयोगले अनुसन्धान चुनौतीपूर्ण बन्दै गइरहेको भन्दै अनुसन्धानमा प्रविधिको प्रयोगको विकल्प नरहेको बताए ।

तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै तालिम संयोजक प्रहरी निरीक्षक विष्णु विकले दिनप्रतिदिन प्रविधि र विकासको पहुँचले आपराधिक क्रियाकलापको अनुसन्धान जटिल बन्दै गएकाले प्रविधिसँग जानकार प्रहरी जनशक्ति उत्पादनका लागि तालिम सञ्चालन गरिएको जानकारी गराए ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ८ : ३२ बजे

काठमाडौंमा ईश्वर पोखरेल पक्षको भेला, महाधिवेशनमा उठाएका मुद्दाहरूलाई निरन्तरता दिने

काठमाडौं– नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफूहरूले

आगामी निर्वाचनमा सही प्रतिनिधि चयन गर्न मन्त्री खरेलको आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भक्कानिए रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते