अपच भएका बेला यसरी पेटलाई हलुका बनाउन सकिन्छ « Khabarhub

अपच भएका बेला यसरी पेटलाई हलुका बनाउन सकिन्छ


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्यतयाः अधिकांश नेपालीहरुले खान खाने समयमा त्यत्ति विचार पुर्‍याउँदैनन् । जे आउँछ मजाले पचाउँछ भन्दै भकाभक खाने गर्छन् ।

त्यसैले धेरै नेपालीको पुट्ट पेट निस्कने समस्या देखिन्छ । यसरी मन नियन्त्रण गर्न नसक्दा खानेकुराले स्वास्थ्यमा जोखिम समेत बढाउँछ । धेरे खाएर अपच भयो या पेटमा कठिन अनुभव भयो भने के गर्ने त ? हामीले केही टिप्सहरु उल्लेख गरेका छौं । जुन तपाईंलाई पनि कुनै समय उपयोगी बन्न सक्छ ।

– बिहान उठ्ने बित्तिकै कम्तिमा दुई गिलास मन तातो पानी पिउने गर्नुभयो भने पेटको समस्या कम हुन्छ ।
– प्रसस्त ग्रीन टी पिउनुस्, त्यसले तपाईंको पेट हल्का पार्छ ।
– नरिवल पानी पिउनु भयो भने पनि पेटको लागि उपयोगी हुन्छ ।
– बिहान खाना पछि दही सेवन गर्नुस् त्यसले खान पचाउन पद्धत गर्छ ।
– वाटरमिलन, सुन्तला जस्ता प्रशस्त पानी भएका फलफूल खानुभयो भने पनि खाना पचाउन मद्दत गर्छ ।

अपच भइसकेपछि निम्न कुरा नखाने
– धेरै बास्नादार, वासी, आधा पोकेको खाना
– चोटी धेरै खाना
– अमिलो, पिरो, मसला, गरम मसला, वेसनबाट बनेको चीज, सुन्तला, टमाटर, कागती, कफी धेरै नखाने
– पान, बिँडी, चुरोट, तमाखु तथा मध्यपान नगर्ने
– खाना खाएपछि तत्कालै धेरै पानी नपिउने

अपच भएको कसरी थाहा पाउने
– जीउ भारी भए जस्तो हुन्छ
– अमिलो डकार आउँछ
– छाती पोलेको जस्तो हुन्छ
– भोक लाग्दैन
– पेट फुल्छ
– टाउको भारी हुन्छ
– शरीर आलस्य हुन्छ

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ९ : ५५ बजे

चितवनले विराटनगरलाई दियो १५८ रनको चुनौती

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा– जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल

चाडपर्वको भोजलाई सहज बनाउँदै माइडियाले ल्यायो फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा अफर

काठमाडौं– नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै माइडियाले आफ्ना

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङ– मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ

‘कलेजी-ऊनको स्वीटर’को छायांकन सुरु, पीयूष मिश्रा पनि देखिने

काठमाडौं– नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकमाझ छोडेका कथा, पात्र