दलालले दैनिक २० नेपाली महिलालाई भारत पुर्‍याउँछन् « Khabarhub

दलालले दैनिक २० नेपाली महिलालाई भारत पुर्‍याउँछन्


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-वैदेशिक रोजगारीको प्रलोभन देखाएर नेपाली महिलालाई भारत र बंगलादेश हुँदै तेस्रो देश तस्कर हुने क्रम बढ्दो छ । गएका ६ महिनामा भारत हुदै तेस्रो देश लैजान लागेका ३ सयभन्दा धेरै नेपाली महिलाको भारतस्थित नेपाल दूतवास, भारतीय महिला आयोग र विभिन्न गैरसरकारी सस्था सहयोगमा उद्धार गरी नेपाल फकाइएको छ । उद्धार गरिएका महिलालाई म्यानपावर कम्पनी र एजेन्टले तेस्रो देश रोजगारीमा पठाउने प्रलोभन देखाएर भारत ल्याउने गरेको अनुसन्धानबाट खुलेको दूतावासले जानकारी दिएको छ ।

हाल, भारत हुदै तेस्रो मुलुक लैजान एजेन्ट र तस्करले भारतका विभिन्न शहरमा २ हजारभन्दा धेरै महिला र ३ जनाभन्दा धेरै पुरुष रहेको दूतावासको अनुमान छ ।

भारतस्थित नेपाली दूतवासका एक कर्मचारीका अनुसार हाल भारतका विभिन्न शहरमा रोजगारीका लागि तेस्रो देश लैजान ल्याएका करिब २ हजार महिला र ३ हजार पुरुष रहेको जानकारी दिएका छन् । यी सबैलाई रोजगारीका लागि तेस्रो देश लैजान ल्याएको दूतवासले जनाएको छ ।

भारतको सिविआई प्रहरीले दूतावासलाई तस्करले अन्य देश लैजान धेरै नेपाली महिला र पुरुष भारत ल्याएको जानकारी दिएको ती कर्मचारीले बताए । उनले भने, ‘भारतको ठुला शहर नजिकैका बस्तीमा रोजगारीमा लैजान ल्याएका महिला पुरुष राख्ने गरेका छन् । तस्करले ठाँउ परिवर्तन गरेर राख्ने गरेको पाइएको छ । सही सूचना आएपछि दूतवासले प्रहरीका सहयोगमा उद्धार गर्दै आएको छ । तर, उद्धार गर्ने धेरै समस्या र कठिन हुन्छ ।’ भारतका विभिन्न शहरमा दैनिक २० जना महिलालाई तस्करले पुर्‍याउने गरेको उनको भनाइ छ ।

गत चैत १६ गते राति भारतको नयाँ दिल्लीमा बन्धक बनाएर राखिएका १२ नेपाली महिलाको उद्धार गरियो । दिल्ली महिला आयोग, दिल्ली प्रहरी, भारतस्थित नेपाली दूतावासलगायत निकायहरुले उनीहरुको उद्धार गरेका थिए । गत माघ महिनामा मणिपुरको बाटो हुँदै म्यानमारको सिमानासम्म पुर्‍याएका १ सय ७९ नेपाली उद्धार गरी नेपाल फर्काइएको थियो ।

यस्तै गत चैत महिनामा भारतकै दिल्लीबाट रोजगारीका लागि हिडेका २३ जना महिला उद्धार गरी स्वदेश फकाइएको थियो । चैत अन्तिम साता १२ जना रोजगारीका हिडेका महिलाको उद्धार गरिएको थियो । भारतको बाटो हुँदै तेस्रो मुलुक लैजान लागेको अवस्थमा वैशाख २६ गते २३ जना नेपाली महिलालाई भारतको मिजोरम प्रहरी र भारतको सामाजिक कल्याण केन्द्रको सहयोगमा उद्धार गरी नेपाल फकाइएको थियो ।

भारतमा नेपालसहित अन्य देशमा महिला पुरुषलाई पनि तस्करले पुर्‍याउने गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भारतराज पौडेलले जानकारी दिए। तस्करीमा परेका महिलाको कुटनीतिक नियोगको सहयोगमा उद्धार हुँदै आएको छ ।

उद्धार गरिएका महिला प्राय महिला २० देखि ४५ वर्ष उमेर समूहका हुने गरेको अनुसन्धान ब्यूरो प्रहरीले बताउदै आएको छ । नेपाल भारतको खुला सीमानाको फाइदा उठाउँदै मानव तस्करहरुले नेपाली भूमि हुँदै भारत लैजाने गरेका छन् ।

मानव तस्करीको रुट-भारत र बंगलादेश

प्रहरीको अध्ययन अनुसार भारतको स्थलमार्ग प्रयोग गरेर धेरै नेपाली महिला रोजगारीका लागि तेस्रो मुलुक जाने गरेका छन् । अवैध रुपमा भारतको बाटो हुँदै खाडीका देशमा रोजगारीमा लैजाने गरिएको छ । त्यहाँ पनि धेरै नेपाली महिला समस्यामा पर्ने गरेका छन् ।

पछिल्लो समय भारतस्थित नेपाली दूतवासले भारतीय प्रहरीको सहयोग लिएर भारतमा भेटिने नेपाली महिनाहरुमाथिको निगरानी बढाएको छ । जसका कारण तस्करहरुले रुट परिवर्तन गरेर बंगलादेशको बाटो प्रयोग गर्न थालेका छन् ।

उद्धार गरिएका महिलासँगको सोधखोजमा उनीहरुले राम्रो रोजगारी पाइने आशामा विदेश जाने गरेको बताउने गरेका छन् । राम्रो आम्दानी हुने र कुनै समस्या नहुने भन्दै दलालले महिलालाई प्रलोभनमा पारी अवैध बाटोबाट विदेश लैजाने गरेको महानगरीय अपराध महाशाखाले बताउदै आएको छ ।

महिला कामदार प्राय: भारत हुँदै तेस्रो देश म्यानपावरभन्दा बाहिरका व्यक्तिको सम्पर्कबाट जाने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । मानव तस्करले नेपाली युवतीलाई आकर्षक रोजगारीका लागि भन्दै खाडी मुलुक लगायत अन्य देश पुराएर जबर्जस्ती देह व्यापारमा फसाउने गरेका उदाहरण पनि प्रशस्त छन् । यसरी लगिएका महिलाहरु केन्या, लिविया, सिरिया, अफ्रिकालगायतका देशका डान्साबारमा नाँच तथा देहव्यापारका लागि पुर्‍याइने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

पीडितले दिँदैनन् दलालको विवरण

कामको खोजीमा विभिन्न देश पुगेका नेपाली कामदारकै सम्पर्कमा धेरै महिला व्यक्तिगत भिसा लिई रोजगारीमा जाने गरेका छन् । यसरी विदेशमा कार्यरत कतिपय नेपालीले नै आफ्ना सम्पर्कमा रहेका दिदी-बहिनीलाई राम्रो काम छ भनेर तस्करको सम्पर्कमा पुर्‍याउने गरेको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले जनाएको छ ।

महिला कामदार प्राय: भारत हुँदै तेस्रो देश म्याननपावरभन्दा बाहिरका व्यक्तिको सम्पर्कबाट जाने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । भारत हुँदै तेस्रो मुलुक रोजगारीको खोजीमा जाने प्राय: महिला अशिक्षित, गरीब र वैदेशिक रोजगारीबारे केही जानकारी नै नभएकाहरु हुने गरेको सिआइबीका निरीक्षक राजकुमार सिलवालले बताएका छन् । प्रहरीले उद्धार गरेका महिलाले तस्करका विषयमा नै अनभिज्ञता प्रकट गर्ने गरेका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  १ : १२ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

कञ्चनपुर पुनर्वासको शिवकृष्ण जनरल स्टोर्समा २५० को सामान किन्नेले पाए १० लाख पुरस्कार

काठमाडौं– सरकारले सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तगर्त पहिलो

भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

महेन्द्रनगर– कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका

कर्रा खोलामा पुल नहुँदा स्थानीयलाई समस्या

बागमती– हेटौँडा उपमहानगरपालिका वडा नं ९ र १० भएर बग्ने