दक्षिणी लिबियामा संदिग्ध इस्लामिक स्टेटको आक्रमणमा तीन जना मारिए « Khabarhub

दक्षिणी लिबियामा संदिग्ध इस्लामिक स्टेटको आक्रमणमा तीन जना मारिए


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिणी लिबियामा आतंकवादी संगठन इस्लामिक स्टेटका संदिग्ध लडाकुको आक्रमणमा तीन जना मारिएका छन् ।

मरुभूमिको बीचमा रहेको लिबियाको दक्षिणी शहर गदवामा लडाकुले आक्रमण गरी जथाभावी गोली चलाएको स्थानीयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । शहरमा आक्रमणपछि लडाकुहरु मरुभूमितर्फ भागेका थिए ।

दक्षिणी लिबियाको विशाल भूभाग सैनिक शासक खलिफा हफ्तार नेतृत्वको लिबियाली सेनाको नियन्त्रणमा रहेपनि हाल लिबियाली सेनाले अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको नियन्त्रणमा रहेको राजधानी त्रिपोली कब्जा गर्नका लागि सैनिक अभियानतर्फ आफ्नो ध्यान केन्द्रित गरेकाले दक्षिण लिबियामा सुरक्षा व्यवस्था निकै कमजोर रहेको बताइन्छ ।

त्यहाँ इस्लामिक स्टेटका लडाकु तथा स्थानीय टेबु जनजातीका लडाकुहरुले बेलाबेला सैनिक तथा गैरसैनिक निशानालाई लक्षित गरी आक्रमण गर्दै आएका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  १० : ५८ बजे

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज