सडक सुरक्षाः ३ दिने फोटो प्रदर्शनी शुरु « Khabarhub

सडक सुरक्षाः ३ दिने फोटो प्रदर्शनी शुरु


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकले सडक सुरक्षा सम्बन्धि ३ दिने फोटो प्रदर्शनी शुरु गरेको छ ।

शान्तिवाटिकामा एक कार्यक्रमको आयोजना गरी महानगरका प्रमुख विद्या सुन्दर शाक्यले शुक्रवार(आज) प्रदर्शनीको शुभारम्भ गरेका हुन् ।

विद्यालय उमेरका बालबालिका र युवालाई दुर्घटनाबाट जोगाउन सकिएमा सडक सुरक्षामा सुधार आउने उनले बताए बताए । ‘विगतमा सडक सुरक्षाका कार्यक्रम ट्राफिक प्रहरीले मात्र गर्ने गरेको र आफुहरु स्थानीय सरकार भएको नाताले आफैँ अघि बढ्नुपर्छ भन्ने उद्धेश्यले सो कार्यक्रम सञ्चालन गरेका हौँ’ उनले भने ।

ट्राफिक प्रहरी उपरीक्षक जयराज सापकोटाले महानगरको नेतृत्वमा ट्राफिक व्यवस्थापन र सडक सुरक्षामा काम थालेपछि चाँडो परिणाम आउने आशा व्यक्त गरे छन् ।

सो प्रदर्शनीमा दुर्घटना, पालना र नागरिक सचेतना गरी ३ विधाका तस्वीरहरु रहेका छन् । प्रदर्शनीका लागि महानगरले सार्वजनिक सुचनामार्फत नागरिकसँग तस्वीर माग गरेको थियो ।

यस क्रममा २०२ वटा तस्वीर प्राप्त भएका थिए जसमध्ये निर्णयकमण्डलले छनोट गरेका उत्कृष्ट ५० वटा तस्वीर प्रदर्शनी राखिएका छन् ।
प्रथम, दोस्रो र तेश्रो हुने तस्वीरका लागि नगदसहित पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ११ : १८ बजे

प्रधानमन्त्री भन्छिन्, ‘देश नै तहसनहस हुँदा पनि चेतेनन्, अब पुरानै तरिकाले चल्दैन’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विचार फरक भए पनि राष्ट्रिय हितका

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत