प्रधानमन्त्री र कांग्रेस सांसदले संसदमा बोलेका अमर्यादित शब्द हटाउन सभामुखको निर्देशन « Khabarhub

प्रधानमन्त्री र कांग्रेस सांसदले संसदमा बोलेका अमर्यादित शब्द हटाउन सभामुखको निर्देशन


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारको नीति तथा कार्यक्रमबारे सांसदहरुले सोधेको र प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने क्रममा व्यक्त भएको संसदीय मर्यादा विपरितका शब्दहरु संसदको अभिलेखबाट हटाइने भएको छ ।

शुक्रवार बसेको प्रतिनिधिसभाको बैठकको शुरुमै सभामुख कृष्णबहादुर महराले यसअघिको बैठकमा प्रधानमन्त्री र सांसदहरुले प्रयोग गरेका संसदीय मर्यादा विपरितका शब्द हटाउन संसद सचिवालयलाई निर्देशन जारी गरेका छन् ।

संसद बैठक शुरुहुनासाथ सभामुख महराले भने,‘नीति तथा कार्यक्रमबारे सांसदहरुले राखेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले प्रयोग गरेको शव्दका बारेमा भएको ध्याानाकर्षणको विषयमा केही भन्न चाहन्छु । सरकारको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्री ज्यूले स्पष्टिकरण तथा सदस्यहरुको जिज्ञासाको उत्तर दिने क्रममा प्रयोग भएका संसदीय मर्यादा अनुकुल नभएका शव्दहरु अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिन्छु ।’

सभामुखले निर्देशन जारी गरे लगत्तै नेकपाका सांसद खगराज अधिकारीले प्रधानमन्त्री मात्र नभइ अन्य सदस्यहरुले व्यक्त गरेको गैर संसदीय शव्दहरु रेकर्डबाट हटाउन ध्यानाकर्षण गराएका थिए ।

‘सभामुखको रुलिङ प्रति हाम्रो सम्मान छ तर त्यसदिन संसदमा गैर संसदीय शव्दहरु धेरै रेकर्ड भएका छन्’ नेकपा सांसद अधिकारीले भने,‘ति शव्दहरु रेकर्डबाट हट्नुपर्छ ।’

त्यसपछि सभामुख महराले सांसदहरुको जिज्ञासाको क्रममा भन्ने शव्द प्रयोग गरिएको र यसले सबैलाई सम्बोधन गर्ने जवाफ दिए ।

सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले राखेको प्रश्नको जवाफ दिन रोस्टममा पुगेका प्रधानमन्त्रीले संसदीय मर्यादा विपरितको शब्दको प्रयोग गरेको भन्दै प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले आपत्ति जनाएको थियो भने त्यसक्रममा प्रधानमन्त्री र कांग्रेस सांसदहरुबीच भनाभन भएको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ११ : ५७ बजे

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

दाङ– घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई

पौवादुङमाका ४७५ आँखा रोगीले गाउँघरमै पाए सेवा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन गरिएको आँखा शिविरबाट ४७५ जनाले

२५ वर्षमा २६ लाख पर्यटकले घुमे अन्नपूर्ण क्षेत्र

गण्डकी– पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्ला २५

राप्ती तटीय क्षेत्रका स्थानीयबाट डुवान–कटान समस्या सुल्झाउन आग्रह

बाँके– बाँकेको राप्ती तटीय क्षेत्रका स्थानीयले बस्ती डुबान र कटानको

वीरगञ्ज भन्सारको राजस्व : पेट्रोलियम पदार्थ र सवारी आयातमा निर्भर

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयको राजस्वको हिस्सा पेट्रोलियम पदार्थको आयात र