फिल्म राम्रो बनाउने कि समीक्षा नलेखौं भन्ने ? « Khabarhub

फिल्म राम्रो बनाउने कि समीक्षा नलेखौं भन्ने ?


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली फिल्मकर्मीका लागि फिल्ममाथि हुने समालोचना ठूलो चुनौती बन्न थालेको छ । पछिल्लो समयमा आएर फिल्मकर्मीहरु खुलेआम चलचित्रको समीक्षा एक हप्तापछि हुनुपर्ने धारणा राख्न थालेका छन् । फिल्म क्षेत्रका दिग्गज मानिने कलाकारले नै नेपाली चलचित्रको समीक्षा एक हप्तापछि हुनुपर्ने धारणा राख्न थालेका छन् ।

अभिनेता प्रदीप खड्काले यसअघि चलचित्र ‘लभ स्टेशन’ को प्रदर्शनका बेला चलचित्रको समीक्षा एक हप्तापछि हुनुपर्ने धारणा राखेका थिए । फिल्ममेकर समीक्षासँग डराएर दर्शकलाई ‘भगवान्’ भन्दै फिल्मको बचाउ गर्ने कलाकारले सूची निकै लामो छ ।

नेपाली फिल्मको स्तर झनभन्दा झन् कच्चा बन्न पुग्दा दर्शक गुमिरहेको अवस्थामा फिल्मको स्तरीयतालाई लिएर लेखिएका समीक्षा पनि हप्तापछि सार्नुपर्छ भन्ने सोचले यो चाहिँ प्रष्ट पार्छ कि, अझै पनि फिल्ममेकर दर्शकलाई फिल्म राम्रो बनेको लोभ देखाएर हलसम्म तान्न चाहन्छन् । तर, अहिलेका दर्शक निकै एडभान्स भइसकेका छन् । बरु उनीहरु विदेशी फिल्म हेर्छन् तर झुर फिल्म हेरेर समय नष्ट गर्दैनन् ।

यस्तो अवस्थामा नेपाली फिल्मको समीक्षा एक हप्ता पछाडि लेख्दा के फिल्म बजार फस्टाउँछ ? यो बुझाइलाई कतिपयले मजाक बनाएका छन् । फिल्म राम्रो बनायो भने दर्शक आफै फिल्म हलमा आउँछन् । समीक्षा नै सारिनुपर्छ भन्ने तर्क गर्नुभन्दा बरु एक हप्ता पछाडि फिल्मको रिलिज मिति सारेर अझ स्तरीय फिल्म पो बनाउने हो कि ?

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  १ : ५३ बजे

इरानको दाबी : अमेरिकी रेस्क्यू अपरेसनमा संलग्न अमेरिकी विमान खसालियो

काठमाडौं– इरानले अमेरिकी रेस्क्यू अपरेसनमा संलग्न एक विमान खसालेको दाबी

डीपीलाई सभामुख बनाउँदै गर्दा स्वर्णिमले सम्झिए यी तीन पूर्वसभामुख

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबारको संसद् बैठकमा तीनजना पूर्वसभामुखहरूलाई सम्झिएका

सात हजारभन्दा बढी ‘अनलाइन’ सट्टेबाजी ‘एप’ र ‘वेबसाइट’ बन्द

काठमाडौं– ‘अनलाइन’ सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी ‘एप्लिकेसन (एप)’ र

नवनिर्वाचित सभामुखलाई ज्येष्ठ सदस्य केसीको बधाई

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकबाट निर्विरोध निर्वाचित सभामुख डोलप्रसाद अर्याललाई ज्येष्ठ सदस्य

सभामुख बनेपछि डीपी अर्याल (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल (डीपी) प्रतिनिधि सभाको