इरानको दाबी : अमेरिकी रेस्क्यू अपरेसनमा संलग्न अमेरिकी विमान खसालियो « Khabarhub

इरानको दाबी : अमेरिकी रेस्क्यू अपरेसनमा संलग्न अमेरिकी विमान खसालियो


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इरानले अमेरिकी रेस्क्यू अपरेसनमा संलग्न एक विमान खसालेको दाबी गरेको छ।

इरानको अर्धसरकारी समाचार एजेन्सी फार्स न्युज एजेन्सीका अनुसार इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले उक्त विमान इस्फहानको दक्षिणी क्षेत्रमा खसालेको जनाएको हो।

रिपोर्टअनुसार उक्त विमान हराइरहेका अमेरिकी अधिकारीको खोजीमा परिचालित थियो।

फार्सले आफ्नो टेलिग्राम च्यानलमार्फत् सार्वजनिक गरेको तस्वीरमा खेत क्षेत्रबाट बाक्लो धुवाँ उठिरहेको देखिएको दाबी गरिएको छ।

यसका साथै, उक्त घटनालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘ठूलो हार लुकाउने प्रयास’ भनेर व्याख्या गरिएको छ।

यो दाबी त्यतिबेला आएको हो जब ट्रम्पले हराइरहेका अमेरिकी अधिकारीलाई सुरक्षित उद्धार गरिएको घोषणा गरे। यद्यपि, इरानको उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  १२ : २५ बजे

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२