सेथुको तेस्रो जीतमा पनि सावित्राको गोल « Khabarhub

सेथुको तेस्रो जीतमा पनि सावित्राको गोल


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टाइकर सावित्रा भण्डारीले भारतीय महिला लिगमा सेथु एफसीको तेस्रो खेलमा पनि गोेल गरेकी छन् । शुक्रबार बिहान भएको खेलमा सेथुले साई एसटीसी काट्टेक फुटबल क्लबलाई ९–० गोल अन्तर हराउँदा उनले एक गोल गरिन् ।

सावित्रा खेलमा बैकल्पिक खेलाडीको रुपमा मैदान उत्रेकी थिइन् । खेलको तेस्रो मिनेटमा ग्रेसको क्रसमा रतनवालाले हेड गोल गर्दै सेथुलाई अग्रता दिलाएकी थिइन् । आठौं मिनेटमा ग्रेसीकै क्रममा गोलकिपरले गल्ती गर्दा सन्ध्याले गोल गर्दै सेथुुको अग्रतालाई दोब्बर पारिन् ।

२८ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रतनवालाले टिमलाई ३–० को स्थितिमा पुर्याइन् । इन्दुमतीले ३६ औ मिनेटमा सेथुका लागि चौथो गोल गरिन् ।

ग्रेसले ६९ औ मिनेटमा गोल गर्दै सेथुलाई ५–० को अवस्थामा पुर्याइन् । ७४ औ मिनेटमा रतनवालाले ह्याट्रिक पुरा गर्दा सेथु ६–० ले अगाडी रह्यो । ८२ औ मिनेटमा ग्रसीको क्रसलाई सदुपयोग गर्दै नेपाली फरवार्ड सावित्राले गोल गरिन् । उनले लिगमा गोल संख्या ६ पु्र्‍याईन् ।

खेल केहि मिनेटमात्रै बाँकी रहँदा सन्ध्याले व्यक्तिगत दोस्रो गोल गरिन् । ८९ औ मिनेटमा रतनवालाले व्यक्तिगत चौथो गोल गर्दै सेथुलाई ९–० को जित दिलाईन् । सेथुले लिगमा तीन खेल लगातार जितेको छ । लिगमा सेथुले ९ अंक जोडेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  २ : ०५ बजे

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार