सेथुको तेस्रो जीतमा पनि सावित्राको गोल « Khabarhub

सेथुको तेस्रो जीतमा पनि सावित्राको गोल


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टाइकर सावित्रा भण्डारीले भारतीय महिला लिगमा सेथु एफसीको तेस्रो खेलमा पनि गोेल गरेकी छन् । शुक्रबार बिहान भएको खेलमा सेथुले साई एसटीसी काट्टेक फुटबल क्लबलाई ९–० गोल अन्तर हराउँदा उनले एक गोल गरिन् ।

सावित्रा खेलमा बैकल्पिक खेलाडीको रुपमा मैदान उत्रेकी थिइन् । खेलको तेस्रो मिनेटमा ग्रेसको क्रसमा रतनवालाले हेड गोल गर्दै सेथुलाई अग्रता दिलाएकी थिइन् । आठौं मिनेटमा ग्रेसीकै क्रममा गोलकिपरले गल्ती गर्दा सन्ध्याले गोल गर्दै सेथुुको अग्रतालाई दोब्बर पारिन् ।

२८ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रतनवालाले टिमलाई ३–० को स्थितिमा पुर्याइन् । इन्दुमतीले ३६ औ मिनेटमा सेथुका लागि चौथो गोल गरिन् ।

ग्रेसले ६९ औ मिनेटमा गोल गर्दै सेथुलाई ५–० को अवस्थामा पुर्याइन् । ७४ औ मिनेटमा रतनवालाले ह्याट्रिक पुरा गर्दा सेथु ६–० ले अगाडी रह्यो । ८२ औ मिनेटमा ग्रसीको क्रसलाई सदुपयोग गर्दै नेपाली फरवार्ड सावित्राले गोल गरिन् । उनले लिगमा गोल संख्या ६ पु्र्‍याईन् ।

खेल केहि मिनेटमात्रै बाँकी रहँदा सन्ध्याले व्यक्तिगत दोस्रो गोल गरिन् । ८९ औ मिनेटमा रतनवालाले व्यक्तिगत चौथो गोल गर्दै सेथुलाई ९–० को जित दिलाईन् । सेथुले लिगमा तीन खेल लगातार जितेको छ । लिगमा सेथुले ९ अंक जोडेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  २ : ०५ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि