बाजुरामा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु | Khabarhub Khabarhub

बाजुरामा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा– बाजुरामा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा बुढिनन्दा नगरपालिका– ७ का २१ वर्षीय डपेन्द्र खड्काको निधन भएको छ । दुर्घटनामा चालकसहित दुई जना घाइते भएका छन् ।

सदरमुकाम मार्तडीबाट कोल्टी जाँदै गरेको लु ४ त ७८१ नम्बरको ट्याक्टर बुढीनन्दा नगरपालिकाको दानसाँघु नजिक दुर्घटना भएको प्रहरीले जानकारी दिएको हो । घाइते हुनेमा चालक कैलाली जिल्ला घोडाघोडि नगरपालिका १० का १९ वर्षका खगेन्द्र चौधरी र स्वामी कार्तिक गाउपालिका ३ बस्ने प्रकाश शाही रहेका छन ।

घाइते दुवैजनाको कोल्टी स्वास्थ्य चौकीमा भइरहेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ५ : १४ बजे

दुर्गम क्षेत्रमा सञ्चारको पहुँच पुर्‍याउन सञ्चारमन्त्रीसमक्ष अनुरोध

काठमाडौं – हुम्ला र मनाङको दुर्गम क्षेत्रमा दूरसञ्चारको पहुँच पु¥याउनका

पाँच वर्षपछि भारत र चीनबीच उडान सुरु

काठमाडौं- विश्वका दुई सबैभन्दा बढी जनसंख्या भएका छिमेकी देशहरू भारत

सुखीपुर नगरपालिका–६ का वडाध्यक्ष रामेश्वर साहको निधन

सिरहा – सुखीपुर नगरपालिका–६ का निर्वाचित वडाध्यक्ष रामेश्वर साहको निधन

सरकारले वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्त नगर्ने

काठमाडौँ– सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को कार्यकारी अध्यक्ष नियुक्त

छठ पर्वलाई भव्य र सुरक्षित बनाउन काठमाडौं महानगरको विशेष तयारी

काठमाडौं – काठमाडौं महानगरपालिकाले सूर्य उपासनाको पर्व छठलाई भव्य र