ट्रम्पद्वारा इरानलाई वार्ताका लागि आह्वान « Khabarhub

ट्रम्पद्वारा इरानलाई वार्ताका लागि आह्वान


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सरकारले चाहेमा आफू वार्ता गर्न तयार रहेको जनाएका छन् । ह्वाइट हाउसमा सञ्चारकर्मीहरुसँग बोल्दै उनले इरान सरकारका अधिकारीले आफूलाई सम्पर्क गरुन् भन्ने चाहेको जनाएका हुन् ।

राष्ट्रपति ट्रम्पको भनाई लगत्तै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पनि विज्ञप्ति जारी गर्दै अमेरिका इरानसँग वार्ता गर्न तयार रहेको जनाएका थिए । विदेशमन्त्री पोम्पेओले इरानका अमेरिकाविरोधी गतिविधीको निन्दा गर्दै ‘तेहनामा रहेका अधिकारी, जो समृद्ध भविष्यको मार्ग चाहन्छन्’ लाई वार्ताको आह्वान गरेका थिए ।

अमेरिकाले मध्यपूर्वमा इरानले अमेरिकी सेना तथा अमेरिकाका साझेदार मुलुकहरुको हितलाई खतरामा पार्न प्रयास गरिरहेको भन्दै मध्यपूर्वमा लडाकु विमानवाहक नौसैनिक पानीजहाज तथा बम वर्षक विमान तैनाथ गर्ने घोषणा गरेको केही दिन पछि आएको हो ।

यसअघि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले मध्यपूर्वमा अमेरिकी लडाकु विमानवाहक नौसैनिक पानीजहाज परिचालन गर्ने घोषणा गरेपछि इरानले सन् २०१५ मा भएको आणविक सम्झौताका केही बुँदाबाट पछि हट्ने चेतावनी दिएको थियो ।

यता इरानको शक्तिशाली सैन्य दस्ता रिभल्यूशनरी गार्ड कप्र्स आइआरजीसीले भने वार्ता गर्ने अमेरिकी आह्वान ठाडै अस्वीकार गरेको छ । आइआरजीसीका जनरल यादोल्ला जवानीले अमेरिकासँग कुनै किसिमको वार्ता हुन नसक्ने टिप्पणी गरेको इरानको तस्निम समाचार संस्थाले जनाएको छ । यसअघि अमेरिकाले आइआरजीसीलाई आतंककारी समूहको सूचीमा राखेको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ९ : ३३ बजे

दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जाको पर्खाइमा

दैलेख– कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल