नेटवर्किङ ठगीको १६ वर्षे शृंखला, चिकित्सकदेखि चार्टर्ड एकाउन्टेन्टसम्मको संलग्नता « Khabarhub

नेटवर्किङ ठगीको १६ वर्षे शृंखला, चिकित्सकदेखि चार्टर्ड एकाउन्टेन्टसम्मको संलग्नता



काठमाडौं– सर्वोच्च अदालतले २०६८ सालमा नै पिरामिड शैलीको व्यापार अर्थात नेटवर्क व्यवसायमाथि प्रतिबन्ध लगाइसकेको थियो । तर, त्यस यतापनि पटक–पटक नेटवर्किङ व्यवसायका नाममा ठगी गर्ने गिरोह प्रहरी फन्दामा परिनै रहे ।

प्रहरीले शृङ्खलावद्ध उजागर गरेको घटना हेर्दा नेपालमा अझैपनि नेटवर्किङ व्यवसाय गुपचुपरुपमा चलिरहेका पाइन्छ ।

त्यसो त अहिले विश्व बजारमा ‘वान वल्र्ड वान बिजनेश’का नाममा पनि नेटवर्किङ विजनेस चलिरहेको छ । यसमा पनि कैंयौं नेपालीले आफ्नो पैसा खर्चिएका छन् भने लाभ पनि लिइरहेका होलान् ।

केही महिना अघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइवी)ले नेटवर्किङ व्यवसायका नाममा ठगी गर्ने आइबोस ग्लोबल मार्केटिङ कम्पनीको पर्दाफास गरेको थियो ।

आइबोस त एउटा पछिल्लो उदाहारण मात्र हो । यस अघि यस्तै प्रकारका नेटवर्कका नाममा ठगी गर्ने थुप्रै गिरोहहरुको वास्तविकता बाहिर आइसकेको छ ।

शृंखला १ – गोल्डक्वेष्ट नेटवर्कको ठगी धन्दा

झण्डै १६ वर्ष अगाडि ३५ हजार तिरेर सदस्य बनेवापत सुनको सिक्का पाउने लोभ र त्यसबापत धेरै नाफा कुम्ल्याउन  नेपालमा गोल्डक्वेस्ट नामको ठगी धन्दा शुरु भयो । भारतीय नागरिकको प्रत्यक्ष संलग्नतामा नेपालमा १० हजारभन्दा बढी ठगिएको खुलेपछि सन् २००३ मा यसमा प्रतिबन्ध लाग्यो ।

शृंखला २ – युनिटी लाइफ इन्स्योरेन्स नेटवर्कको ठगी धन्दा

वि.सं. २०६० सालमा युनिटी लाइफ इस्योरेन्सको नाममा उही शैलीको ठगी धन्दा फेरि शुरु भयो ।

पहिलो श्रृंखलाबाट दोस्रोमा आइपुग्दा फरक के देखियो भने त्यतिखेर विदेशीहरुले सञ्चालन गरेका थिए तर, यो अवस्थामा नेपालीहरुकै प्रत्यक्ष संलग्नतामा रहेको पाइयो । युनिटीले बिमा, स्वास्थ्यलगायतको प्रलोभनमा पारेर ३ लाख ५० हजार सदस्यबाट पाँच अर्बभन्दा बढी रकम उठाएर ठगी गरेको रहस्य खुल्यो ।

शृंखला ३ – हर्बो इन्टरनेसनल नेटवर्कको ठगी धन्दा

हर्बो इन्टरनेसनल नेटवर्कले पनि हर्बल सामग्री व्यापारको आवरणमा ठगी गरेको खुल्यो । प्रहरीको छापापछी हर्बो इन्टरनेसनलसमेत बन्द नै भयो ।

शृंखला ४ – क्यूनेट नेटवर्कको ठगी धन्दा

२०७४ असारमा प्रहरीले क्यूनेट नामक नेटवर्किङ व्यवसायबाट करोडौं रकम ठगी भएको भन्दै १ सय २ जना पक्रिएको थियो । त्यसमध्य १४ जनालाई त प्रहरीले मुद्दा नै चलायो । त्यसमा चिकित्सक, इन्जिनियर र चार्टर्ड एकाउन्टेन्ट व्यवसायमा सक्रियको संलग्नता भेटिएको थियो ।

शृंखला ५ – आइबोस ग्लोबल मार्केटिङको ठगी धन्दा

यही वर्ष गएको जेठमा आइबोस नेटवर्किङ व्यवसायबाट पनि करोडौं रकम ठगी भएको रहस्य खुलेको थियो । यी त केही ठूला नेटवर्किङ गिरोह मात्र हुन् । यो विचमा विडब्लु विएल लगाएत थुप्रै साना नेटवर्किङ ठगी गर्नेहरु पलायन भइसकेका थिए ।

यसरी हुन्छ नेटवर्कबाट ठगी

शुरुमा यस्तो व्यवसायमा तोकिएको पैसा तिरेर सदस्य बन्छन् । ती सदस्यले पनि पुनः नयाँ सदस्य बनाउनुपर्ने हुन्छ ।

अनि त्यसबापत पुरानोलाई सिमित कमिशन आँउछ । तर, यसका लागि सदस्य संख्या मिलाउनुपर्ने हुन्छ । प्रहरीका अनुसार यसरी सदस्य बनाउँदै जाँदा माथिल्लो लेयरका कर्मचारीले तल्लो लेयरकालाई ठग्दै जान्छन् । यसबाट सीमित व्यक्ति मालामाल हुन्छ तर, धेरैजसो व्यक्ति ठगिन्छन् ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  १ : ०० बजे

गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस

काठमाडौं– सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको

ओलीलाई समवेदना दिन गुन्डु पुगे राष्ट्रियसभाका अध्यक्ष दाहाल 

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले  नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष

घुसको ७० लाख रुपैयाँ लुकाउन केसम्म गरेनन् सहसचिव झलकरामले ?

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक

रास्वपा वाचापत्र : बालेन सरकारले कसरी गर्छ पूर्वाधार क्षेत्रको विकास ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र

७० लाख घुस प्रकरण : राजश्वका पूर्वमहानिर्देशक अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक