यथास्थितिमा सरकारलाई समर्थन गरिरहन सकिँदैन– यादव « Khabarhub

यथास्थितिमा सरकारलाई समर्थन गरिरहन सकिँदैन– यादव


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले वर्तमान अवस्थामा सरकारको समर्थन गर्न नसकिने बताएका छन् ।

खबरहव डट्कमको ‘न्यूज रुम’ अवलोकन पश्चात पछिल्लो राजनीतिक घटनाक्रम र राजपाबारे कुरा गर्दै पूर्व मन्त्रीसमेत रहेका यादवले राजनीतिक रुपमा सरकारले वेइमानी गरेको भन्दै सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने बताएका हुन् ।

‘वर्तमान अवस्थामा सरकारलाई समर्थन गर्न सकिने अवस्था छैन,’ अध्यक्षमण्डलका सदस्य यादवले भने,‘राजनीतिक रुपमा सरकारले वेइमानी प्रस्तुत गरिरहेको छ ।’

उनले सरकारलाई दिएको समर्थने फिर्ता लिने विषयमा पार्टीमा छलफल भइरहेको बताए ।

नेता यादवले आफूहरु र संघीय समाजवादी फोरमबीच एकताको विषयमा कुरा गरिरहेको र ‘ग्रीन सिग्नल’ पर्खेर बसेको बताए । दुई पार्टीबीच कुरा मिलेमा फोरम पनि सरकारबाट बाहिरिने उनको दाबी छ ।

आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिए केपी ओली नेतृत्वको वर्तमान सरकार संकटमा पर्ने नेता यादवको भनाइ छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ५ : ०२ बजे

हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न

काठमाडौं– काठमाडौंको हाँडीगाउँमा शुक्रबार गहना खोज्ने जात्रा सम्पन्न भएको छ

गरिब र निमुखाका लागि सहकारी : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सहकारीलाई उत्थान गर्न सके

गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जनक शिक्षा सामग्री

सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन सरकारलाई तीन दिने अल्टिमेटम

काठमाडौं– नेपाल पत्रकार महासंघले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन

प्रधानमन्त्रीको वाचा : सम्भव भएसम्म सबै समस्याको समाधान गर्छु 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गण्डकी प्रदेशका सांसदहरूसँग छलफल