तपाईंकी सासुआमा पनि रुखो स्वभावकी छन् ? यसरी सहज बनाउनुहोस घर–व्यवहार « Khabarhub

तपाईंकी सासुआमा पनि रुखो स्वभावकी छन् ? यसरी सहज बनाउनुहोस घर–व्यवहार


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक युवती विवाहित महिला बन्दा उसको व्यक्तिगत जीवनमा आमूल परिवर्तन आउँछ । श्रीमान्को घरका सबै व्यक्तिको व्यवहार थाहा नहुँदा कोसँग कसरी प्रस्तुत हुने भन्ने अन्यौलताले वैवाहिक जीवनका शुरुवाती दिनहरु कठिनाइका बीच चल्छन् ।

विवाहित महिलाले श्रीमान्पछि सबैभन्दा बढी फेस गर्नुपर्ने व्यक्ति सासुआमा हुन्छिन् । कतिपय सासुआमा त आफूलाई जन्म दिने आमा जस्तै पनि हुन्छिन् । तर, नेपाली समाजमा सबै सासु आमा हुँदैनन् ।

यदि तपाईंकी सासु पनि आमा जस्ती छैनन्, रुखो स्वभावकी छन् भने उनीहरुसँग कसरी डिल गर्ने त ? आज हामीले तपाईंका लागि रुखो स्वभावकी सासुआमालाई कसरी फेस गर्ने भनेर केही ‘टिप्स’ लिएर आएका छौं ।

आफ्नो व्यवहार स्पष्ट पार्नुहोस्

तपाईंलाई पक्कै पनि थाहा हुनुपर्छ कि, रुखो स्वभावका मानिसहरु बनावटी कुरा मन पराउँदैनन् । उनीहरु कुनै पनि विषयमा स्पष्ट कुरा राख्दछन् र अरुबाट पनि स्पष्ट जवाफ चाहन्छन् । त्यसैले तपाईंकी सासुआमा पनि रुखो स्वभावकी छन् भने उनीहरुसँग स्पष्ट कुरा राख्नुहोस् । साथै आफ्नो व्यवहार पनि स्पष्ट पार्नुहोस् । लोतेपोते व्यवहार देखाएर प्रभावमा पार्ने कोशिष नगर्नुहोस् ।

दुरी बनाएर राख्नुहोस्

सासुआमाले उमेरका हिसावले जीवनको अनुभव तपाईंको भन्दा धेरै नै संगालिसकेकी हुन्छिन् । यस्तो अवस्थामा तपाईंको व्यवहारमाथि पनि उनीहरु आफ्नो अनुभवका आधारमा मूल्याङ्कन गर्ने गर्छन् । यसकारण तपाईं आफ्नी सासुआमासँग सधै एक समान प्रकारको दुरी बनाएर राख्नुहोस् । उनका अगाडि अरुका कुरा काट्ने र उनको झुटो प्रसंशा गर्ने काम भुलेर पनि नगर्नुहोस् ।

पतिको अगाडि प्रसंशा गर्नुहोस्

यदि सासुआमालाई आफ्नी बुहारीको केही व्यवहार मन परेन भने उनले आफ्नो छोरासँग त्यसको गुनासो गर्छिन् । यस्तो अवस्थामा तपाईंले आफ्नो पति (सासुको छोरा)का अगाडि जहिलेपनि उनको राम्रो बानीको प्रसंशा गर्नुहोस् । केही नराम्रा व्यवहार छन् भने पनि भुल्ने कोशिष गर्नुहोस् । कहिलेकाँही देखावटी व्यवहारले पनि फाइदा पुर्याउन सक्छ । तर, सधैं देखावटी व्यवहार अपनाउनु राम्रो हुन सक्दैन ।

गुनासो सुन्नुहोस्

उमेर बढ्दै गएपछि मानिसहरुमा झर्किने, सानो सानो कुरामा पनि रिसाउने जस्ता व्यवहार देखिन जान्छन् । तपाईंकी सासुमा पनि यस्तै प्रकारको कुनै समस्या हुन सक्छ । उनीहरु आफ्नो मनको पीडा पोख्नका लागि भए पनि रिसाउने गर्छन् । त्यसकारण उनीहरुले तपाईंसँग गुनासो गर्ने तथा रिसाउने गरेका हुन सक्छन् । यसका लागि तपाईंले उनीहरुको कुरा सुन्ने बानी बसाल्नुपर्ने हुन्छ । यदि तपाईंले धैर्यताका साथ उनका कुरा सुनिदिनुभयो भने उनीहरु शान्त हुन्छन्, तपाईंप्रतिको सोचमा परिवर्तन आउने र उनीहरुले सकारात्मक व्यवहार देखाउने क्रम बढ्दै जान्छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  १ : ०१ बजे

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

 काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा

अस्थायी शिक्षक-कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न माग

काठमाडौं– नेपाल अस्थायी शिक्षक तथा कर्मचारी युनियनले सबै अस्थायी प्रकृतिका

सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

काठमाडौँ– कृषि फार्म सञ्चालनका लागि सरकारबाट सहुलियत अनुदान मिलाइदिने भन्दै

अमेरिकाको निर्भरता घटाउन क्यानाडा–ईयू सहकार्य

टोरन्टो– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिबीच क्यानाडाका प्रधानमन्त्री मार्क

कांग्रेस केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको शपथ सुरु

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा