ग्रेटवाल सम्बन्धी केही आश्चर्य र रोचक तथ्य, जो तपाईलाई थाहा नहुन सक्छ « Khabarhub

ग्रेटवाल सम्बन्धी केही आश्चर्य र रोचक तथ्य, जो तपाईलाई थाहा नहुन सक्छ


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चीनको ‘ग्रेट वाल’ विश्वको ७ औं आश्चर्यका रुपमा चिनिन्छ । यो वाल आफैमा मजबुत छ । यो बनाउन मात्रै सयौं वर्ष लागेको थियो ।

‘ग्रेट वाल’सँग जोडिएका केही रोचक र आश्चर्यजनक तथ्य छन्, जुन तपाईलाई थाहा नहुन सक्छ । चीनको ग्रेटवाल सातौंऔं शताब्दीमा करिब २८०० साल पहिले बनाउन शुरु गरिएको थियो । यो पूरा हुन करिव २००० वर्ष लागेको थियो ।

यो विश्वप्रसिद्ध वालको निर्माण राजा किन शिहुआंगले बनाएका हुन् । कुनै समय यसलाई विभिन्न नामले चिनिथ्यो, जस्तै कि मपंत, परपल फ्रन्टयर, अर्थ ड्रैगन ।

१९ औं शताब्दीम यसको अफिसियल नामा ग्रेट वाल अफ चाइना राखिएको हो । यसको कुनै भाग आपसमा जोडिएका छैनन । यदी यसका सवै भाग जाड्ने हो भने यसको कूल लम्बाई ८ हजार ८ सय ४८ किलोमिटर हुनजान्छ । यसको उचाइ मात्रै करिव ३५ फिट रहेको छ ।

एक अनुमान अनुसार यो वाल बनाउनको लागि २० देखि ३० लाख मानिसले आफ्नो पूरै जीवन व्यतित गरेका थिए । ग्रेडवालको लम्बाइ त यसै लामो छ, चौडाइ पनि एक साथ ५ घोडा वा १० मानिस पदैल हिड्न मिल्ने खालको छ ।

त्यसो त यो वाल दुस्मनबाट बच्नको लागि बनाइएको थियो । तर पछिल्लो समय यसको विकास पर्यटकीय क्षेत्रका रुपमा रहेको छ । यो वालको निर्माणका क्रममा ज्यान गुमाउनेहरुलाई त्यही गाडिन्थ्यो । त्यसैले यसलाई विश्वकै लामो चिहानका रुपमा समेत लिइन्छ ।

त्यस्तै, चीनमा आक्रमण गर्न आउने दुश्नहरुलाई हेर्नका लागि वालका बीच–बीचमा प्वालहरु पनि राखिएका छन् । वाल बलियो हुँदाहुँदै पनि सन १२११ मा यो वाल एक ठाउँमा भत्काएर चंगेज खानले चीनमा हमला पनि गरेका थिए ।

यो वाल बनाउन ढुंगासँगै चामलको पीठो प्रयोग गरिएको थियो । चिनिया भाषमा ग्रेट वाललाई ‘ वान ली छांग छंग’ भनिन्छ । यहाँ हरेक वर्ष एक करोड पर्यटकले भ्रमण गर्ने गरेको तथ्यांक छ । यो मात्र एक मानव निर्मित आकृति हो जुन चन्द्रमबाट समेत देख्न सकिन्छ ।

चीन पछिको दोस्रो वाल भने भारतको ‘कुम्भलगढ दिवार’ हो । यो विश्वकै दोस्रो लामो भए पनि ग्रेट वाल भन्दा सयौं गुणा छोटो छ । यसको कूल लम्बार ३६ किलोमिटर रहेको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ९ : ३८ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको