ग्रेटवाल सम्बन्धी केही आश्चर्य र रोचक तथ्य, जो तपाईलाई थाहा नहुन सक्छ « Khabarhub

ग्रेटवाल सम्बन्धी केही आश्चर्य र रोचक तथ्य, जो तपाईलाई थाहा नहुन सक्छ


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

चीनको ‘ग्रेट वाल’ विश्वको ७ औं आश्चर्यका रुपमा चिनिन्छ । यो वाल आफैमा मजबुत छ । यो बनाउन मात्रै सयौं वर्ष लागेको थियो ।

‘ग्रेट वाल’सँग जोडिएका केही रोचक र आश्चर्यजनक तथ्य छन्, जुन तपाईलाई थाहा नहुन सक्छ । चीनको ग्रेटवाल सातौंऔं शताब्दीमा करिब २८०० साल पहिले बनाउन शुरु गरिएको थियो । यो पूरा हुन करिव २००० वर्ष लागेको थियो ।

यो विश्वप्रसिद्ध वालको निर्माण राजा किन शिहुआंगले बनाएका हुन् । कुनै समय यसलाई विभिन्न नामले चिनिथ्यो, जस्तै कि मपंत, परपल फ्रन्टयर, अर्थ ड्रैगन ।

१९ औं शताब्दीम यसको अफिसियल नामा ग्रेट वाल अफ चाइना राखिएको हो । यसको कुनै भाग आपसमा जोडिएका छैनन । यदी यसका सवै भाग जाड्ने हो भने यसको कूल लम्बाई ८ हजार ८ सय ४८ किलोमिटर हुनजान्छ । यसको उचाइ मात्रै करिव ३५ फिट रहेको छ ।

एक अनुमान अनुसार यो वाल बनाउनको लागि २० देखि ३० लाख मानिसले आफ्नो पूरै जीवन व्यतित गरेका थिए । ग्रेडवालको लम्बाइ त यसै लामो छ, चौडाइ पनि एक साथ ५ घोडा वा १० मानिस पदैल हिड्न मिल्ने खालको छ ।

त्यसो त यो वाल दुस्मनबाट बच्नको लागि बनाइएको थियो । तर पछिल्लो समय यसको विकास पर्यटकीय क्षेत्रका रुपमा रहेको छ । यो वालको निर्माणका क्रममा ज्यान गुमाउनेहरुलाई त्यही गाडिन्थ्यो । त्यसैले यसलाई विश्वकै लामो चिहानका रुपमा समेत लिइन्छ ।

त्यस्तै, चीनमा आक्रमण गर्न आउने दुश्नहरुलाई हेर्नका लागि वालका बीच–बीचमा प्वालहरु पनि राखिएका छन् । वाल बलियो हुँदाहुँदै पनि सन १२११ मा यो वाल एक ठाउँमा भत्काएर चंगेज खानले चीनमा हमला पनि गरेका थिए ।

यो वाल बनाउन ढुंगासँगै चामलको पीठो प्रयोग गरिएको थियो । चिनिया भाषमा ग्रेट वाललाई ‘ वान ली छांग छंग’ भनिन्छ । यहाँ हरेक वर्ष एक करोड पर्यटकले भ्रमण गर्ने गरेको तथ्यांक छ । यो मात्र एक मानव निर्मित आकृति हो जुन चन्द्रमबाट समेत देख्न सकिन्छ ।

चीन पछिको दोस्रो वाल भने भारतको ‘कुम्भलगढ दिवार’ हो । यो विश्वकै दोस्रो लामो भए पनि ग्रेट वाल भन्दा सयौं गुणा छोटो छ । यसको कूल लम्बार ३६ किलोमिटर रहेको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ९ : ३८ बजे

एमाले महाधिवेशनको मतगणना केहीबेरमा सुरु हुँदै, मुचुल्का तयार पारिँदै

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत आज बिहान सकिएको मतदानको

२०८१ र ०८२ को जगदीश घिमिरे स्मृति पुरस्कार घोषणा

काठमाडौं– जगदीश घिमिरे प्रतिष्ठानले २०८१ र २०८२ सालको जगदीश घिमिरे

धान्द्रुके बाजेलाई ८३ वर्षमा नागरिकता

बागलुङ– बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आएका एक वृद्धाले  ८३ वर्षको

एमाले महाधिवेशन : उम्मेदवारले नै हालेनन् भोट, अर्का प्रतिनिधि भन्छन्– निदाएर छुटेँ

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका उम्मेदवार नै

एमाले महाधिवेशनमा देखिएको सहभागिता राष्ट्रिय राजनीतिका लागि महत्वपूर्ण सन्देश : प्रदीप ज्ञवाली

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले एमाले महाधिवेशनमा देखिएको उत्साहजनक