पश्चिम बंगालको इ-कमर्समा एक खर्ब लगानी थप्दै अम्बानी | Khabarhub Khabarhub

पश्चिम बंगालको इ-कमर्समा एक खर्ब लगानी थप्दै अम्बानी


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बइ, भारत- भारतका सर्वाधिक धनी व्यक्तिको सूचीमा शीर्ष स्थानमा रहेका व्यापारी मुकेश अम्बानीले भारतीय इ-कमर्श क्षेत्रमा करिब डेढ अर्ब अमेरिकी डलर लगानी गर्ने भएका छन्। उनले नेपालसँग सीमाना जोडिएको भारतको उत्तर पूर्वी राज्य पश्चिम बंगालमा एक सय अर्ब भारतीय रुपैयाँ लगानी गर्ने भएका हुन्। यो योजना गत बिहिबार सार्वजनिक भएको हो।

भारतीय व्यापारिक घरानाका अम्बानीले रिलायन्स सिमन्टमार्फत् इ-कमर्स भेन्चरमा लगानी गर्ने योजना तय गरेको हो। उर्जा तथा दूरसञ्चार व्यवसायिक घरानाले यसअघि नै भारतीय बजारमा रिटेल स्टोर सञ्चालनमा ल्याइसकेको छ। यसका साथै यो सिमेन्ट कम्पनीले इ-कमर्स व्यापार विविधीकरण गर्न अमेजन र वालमार्ट फ्लिपकार्ट कम्पनीसँग सहकार्य गर्ने योजना सार्वजनिक गरेको छ।

अम्बानीको इ-कमर्स भेन्चरले साना व्यवसायी, रिटेल नेटवर्क र वेयरहाउस सञ्चालकलाई जोड्ने र यिनको व्यवस्थापनमा जोड दिने बताइएको छ। करिब ५ सय बढी रिटेल स्टोर सञ्चालन गरेको सो भेन्चरले लत्ताकपडादेखि किराना सामग्रीसम्म बिक्री गर्दै आएको छ।

नयाँ इ-कमर्स प्लेटफर्मको व्यवसायमा लगानी थप गर्ने विषयलाई पुष्टि गर्दै अम्बानीले भने, ‘यसले उपभोक्ता, रिटेलर र उत्पादकलगायत सम्बन्धित सबै पक्षलाई जोड्ने र विन-विनको अवस्था सिर्जना गर्नेछ। यसले करिब ३ करोड साना पसलेलाई जोड्ने छ।’

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ९ : ३६ बजे

राजनीतिक घुम्ती परिवर्तन गर्ने सोचमा छौँ : भीम रावल

काठमाडौं– नेकपा एमालेका नेता भीम रावलले राजनीतिको घुम्ती परिवर्तन गर्ने

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

काठमाडौं – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

काठमाडौं– सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु गर्ने

‘बजेट ल्याएर निजी क्षेत्रको मनोबल उठाउँछु’- अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन

मोहन वैद्य र सन्तबहादुरबीच पार्टी एकता गर्ने सहमति

काठमाडौं– मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र सन्तबहादुर