मध्यरातमा सलमानको घरमा किन पुगे रेमो? « Khabarhub

मध्यरातमा सलमानको घरमा किन पुगे रेमो?


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडमा सलमान खानसँग कुनै पनि फिल्ममेकरले सम्बन्ध बिगार्न चाहँदैनन् । यता सलमान पनि सबैसँग सुमधुर सम्बन्ध राख्न चाहन्छन् । पछिल्लो दिन फिल्म ‘रेस ३’ का दौरान सलमान खान र निर्देशक रेमो डिसुजाको सम्बन्ध चिसिएको थियो । फिल्मका केही दृश्यलाई लिएर यी दुईबीच मतभेद पनि थियो । यो फिल्म बक्स अफिसमा पनि राम्रोसँग चलेन ।

अहिले भने रेमो डिसुजा र सलमान खान नजिकिएको चर्चा छ । सलमानको अपकमिङ फिल्म ‘भारत’ र रेमो डिसुजाको फिल्म ‘स्ट्रीट डान्सर’ को सेट मुम्बईस्थित फिल्मसिटीमै छ । भारतीय मिडियाले रेमो डिसुजा आफ्नो फिल्मको शूटिङबाट समय निकालेर ‘भारत’ फिल्मको छायांकनमा पुगेका थिए । तर, सलमान खान भने एक दृश्यको शूटिङमा निकै व्यस्त थिए । जसकारण उनी रेमोसँग भेट गर्न पाएनन् ।

तर, सलमान खानले भने रेमोलाई राति घर आउने निम्ता दिए ।

त्यसपछि रेमो सलमानको घर पुगे, त्यो पनि राति साढे ३ बजे । रेमोले फिल्म ‘रेस ३’ मा बिग्रेको सम्बन्धलाई सुधार्न चाहेको भारतीय मिडियाले लेखेका छन् । यसैकारण रेमोले पुराना कुरा भुलाएर नयाँ सम्बन्ध बनाउन खोजिरहेका छन् ।

यतिबेला सलमान खानले आफ्नो पूरै समय फिल्म ‘भारत’ का लागि छुट्याएका छन् । केही समय पहिले यो फिल्मको टिजर सार्वजनिक भएको थियो । उक्त टिजरबाट फ्यानले सकारात्मक प्रतिक्रिया दिएका थिए । यो फिल्ममा सलमानसँगै क्याटरिना कैफ पनि देखिनेछिन् ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ५ : ०० बजे

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान

गोरखा– एघार महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ