भारतमा मदिरा सेवनका २ घटनामा मृत्यु हुनेको सङ्ख्या ५८ पुग्यो « Khabarhub

भारतमा मदिरा सेवनका २ घटनामा मृत्यु हुनेको सङ्ख्या ५८ पुग्यो


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली, भारत- भारतमा शुक्रबार अवैध तथा विषाक्त मदिरा सेवन गरेका कारण मृत्यु हुनेको सङ्ख्या ५८ पुगेको छ।

देशका दुई उत्तरी राज्यहरू, उत्तराखण्ड र उत्तर प्रदेशमा भएको यस घटनामा परी अरू कैयौँ बिरामी भएको पनि अधिकारीहरूले जनाएका छन्।

‘उत्तर प्रदेशको सहारानपुर जिल्लामा विषाक्त मदीरा सेवानका कारण मृत्यु हुनेको सङख्या ३६ भएको पुष्टि गरेको छ भने बाँकी नमूनाहरूबारे थप परीक्षण भइरहेको छ,’ सहारानपुरस्थित अस्पतालका चिकित्सक एके पाण्डेले बताए ।

‘हाम्रो प्रदेशमा मात्रै गुणस्तर प्रमाणित नगरिएको तथा गैरकानुनी मदिरा सेवन गर्दा १४ जनाको मृत्यु भएको छ भने अरू केही बिरामी भएका छन्,’ हरिद्वारबाट एक स्थानीय सरकारी अधिकारीले सिन्ह्वालाई बताए ।

उनले बिरामी भएकालाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको पनि जानकारी दिए ।

प्राप्त सूचना अनुसार मृत्यु भएका वा बिरामी भएकाले स्थानीय एक पसलबाट लगेको मदिरा सेवन गरेका थिए ।

यसैबीच उत्तराखण्डको स्थानीय सरकारले केही सरकारी अधिकारी र चार जना प्रहरीलाई घटनासँग सम्लग्न रहेको आरोपमा अनुसन्धानका लागि निलम्बन गर्न निर्देशन दिएको छ।-रासस/सिन्ह्वा

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ११ : २७ बजे

गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित

गुल्मी – प्रतिकूल मौसमका कारण दुई महिनादेखि गुल्मीको हवाई सेवा

निर्वाण-प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य फिल्म ‘टनेल २६’, टिजरमा देखिए अनुप र आना

काठमाडौं – नायक प्रदीप खड्का र भुटानका चर्चित कलाकार संगय

समस्या समाधानका लागि अस्पतालको निरीक्षण गर्दै मन्त्री मेहता

सप्तरी– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासहितको टोलीले समस्या पहिचान

 जाजरकोट पहिरो : सेनाद्वारा ३०० जनाको उद्धार

काठमाडौं– नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ इलाकामा गएको पहिरोबाट