राष्ट्रिय भलिबल फागुन २ देखि « Khabarhub

राष्ट्रिय भलिबल फागुन २ देखि


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा आगामी फागुन २ देखि ४ गतेसम्म पुरुषतर्फको राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लबलगायत राष्ट्रियस्तरका क्लबहरुसहित नवलपरासी र छिमेकी जिल्लासहित छिमेकी भारतको समेत एक टिमको सहभागिता रहनेछ ।

प्रतियोगितामा प्रथम हुनेले रु एक लाख ११ हजार १११ र दोस्रो हुनेले रु ५१ हजार १०१ र तृतीय हुनेले रु २५ हजार १०१ सहित शिल्ड र मेडल प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्नका लागि राष्ट्रिय भलिबल सङ्घसँग सहकार्य गरेर प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजक प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले जानकारी दिए ।

प्रथम अध्यक्षकप खुल्ला राष्ट्रिय भलिबल प्रतियोगिता नाम दिइएको प्रतियोगीको मुख्य आयोजक प्रतापपुर गाउँपालिका रहेको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ११ : ३० बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्